नेपाली कांग्रेसका नेता सुवर्ण शमशेर राणाको ११३औं जन्मजयन्तिको अवसरमा दीप प्रज्ज्वलन

  ।   २०८० फाल्गुन १७, बिहीबार १७:५१

नेपालगन्ज, । नेपाली कांग्रेस बाँकेले आफ्ना संस्थापक नेता सुवर्ण शमशेर राणालाई सम्झेको छ । राणाको ११३औं जन्मजयन्तिका अवसरमा पार्टी कार्यालय नेपालगन्जमा आज दीप प्रज्वलन कार्यक्रम गरेर कांग्रेसले कोइरालालाई सम्झेको हो ।

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्व एवम् केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो । स्वर्गीय सुबर्ण शमशेर कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सभापति र पूर्व प्रधानमन्त्री समेत हुनुहुन्छ ।

दीप प्रज्वलन कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले कांग्रेस निर्माणमा सुबर्ण शमशेरको अतुलनीय योगदान रहेको बताउनु भयो। कांग्रेस नेता एवम् निवर्तमान लुम्बिनी प्रदेश सांसद शंकर गिरीले स्वर्गीय सुबर्णको राजनीतिक व्यक्तित्वमाथि प्रकाश पार्नु भएको थियो । उहाँले सुवर्णलाई दानवीर र त्यागी नेताका रुपमा चित्रण गर्नु भएको छ । गिरीले सुबर्णको असल चरित्रलाई पार्टीका नेता कार्यकर्ताले व्यवहारिक जीवनमा अनुशरण गर्नुपर्नेमा जोड दिनु भयो। कार्यबाहक सभापति अधिकारीले पार्टी तथा नेता कार्यकर्ताले संस्थापक नेताहरुको योगदानलाई शिरोपर गरेर अगाडि बढ्न प्रण गर्नुपर्ने बताउनु भयो ।

पार्टी सचिव सुधांशु कोइरालाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले ब्यक्त गरेका थिए । कार्यक्रममा मैनबत्ती बालेर स्वर्गीय सुबर्ण शमशेरको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

Next Post

आन्दोलनरत गुठीपीडित मोही किसानलाई वार्तामा आउन आह्वान, सरकारद्वारा समिति गठन

२०८० फाल्गुन १७, बिहीबार १७:५१
काठमाडौं,  । सरकारले दाङमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गरेको छ । वार्ता गर्न सरकारले एक समिति पनि गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक विज्ञप्ति जारी गरी आन्दोलनका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेको छ […]