माओवादी केन्द्रका संयोजक तुफान र सचिब अमीरले भने ´जसको निति उसैको नेतृत्व`

  ।   २०७८ चैत्र २१, सोमबार ००:१६

    नेपालगन्ज । ´लामो समय पछि बाँके पार्टीमा ठूलो रौनक आएको छ । पार्टी भित्रका सबै अन्तर बिरोध समाप्त भएका छन् । अब हामीले बाँकेमा माओवादी केन्द्रलाई २०६४ सालको जनलहरमा फर्काउछौं ।´ भर्खरै संयोजकको जिम्मेवारी पाउनु भएका नेकपा माओवादी केन्द्रका नेता डम्बर बिक (तुफान) ले एक कार्यक्रम बीच भन्नु भयो ।

नेकपा माओवादी केन्द्रको बाँके जिल्ला समन्वय समितिको संयोजक भए लगत्तै नेता डम्बर बिक (तुफान) ले आफ्नो सक्रियता बढाउनु भएको हो । जनयुद्धको राप र तापबाट खारिएर आउनुभएका तुफान नयाँ अनुहार भने होइनन् । १० बर्षे जनयुद्धका बेला तुफान बाँके र बर्दियाका सेक्रेटरी भएर पार्टी हाकिसक्नु भएको छ भने सचिब डिल्ली बराल ( अमिर) पार्टी भित्र योजना बनाउन सक्ने भिजनेवल नेताका रुपमा चिनिनु हुन्छ । भुमिगत पूरा समय पार्टी राजनीति हुँदै लाल सेनाको कामण्ड समेत गरि सक्नु भएका नेता अमिर र नेता तुफान जनयुद्धको बारुदबाट जन्मिएका नेताका रुपमा चिनिनु हुन्छ । दुबै प्राभवशाली नेता मध्य एक संयोजक र अर्को सचिब भएपछि पार्टी भित्र मात्र नभएर पार्टी बाहिर पनि यसको प्रभाव परेको देखिन्छ ।

संयोजक र सचिबको जिम्मेवारी पाए लगत्तै तुफान र आमिरले पार्टीका विभिन्न जनबर्गिय संगठन संग भेटघाट गर्न थाल्नु भएको छ । सनिवार जिल्ला समन्वय समिति बाँकेको पुर्ण बैठक बसालेर महत्त्वपूर्ण निर्णय गरिसकेको कार्यालय सचिव अर्जुन कार्कीले बताउनु भयो । आइतबार प्रेस सेन्टर नेपालका केन्द्र, प्रदेश र जिल्ला पत्रकारका नेतासँग भेटघाटका क्रममा संयोजक तुफानले अब पार्टी जबर्जस्त संग अगाडि बढ्ने बताउनु भयो । उहाले भन्नुभयो,´ केन्द्र पार्टीको निर्देशन अनुसार गठबन्धन गरेर चुनावी मोर्चामा होमिन्छौं । अब चौतर्फी बिजयको जुलुस तपाइहरुले देख्नु हुनेछ ।` पत्रकारका नेताहरू संग सुझाव माग्दै संयोजक तुफानले बाँके जिल्ला गठबन्धनको लालकिल्ला हुने बताउनु भयो । यस्तै पार्टीका निर्णय सुनाउदै सचिव अमिरले अब हामी पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउदै लान्छौं । सचिव अमिरले भन्नुभयो,´ हामीलाई कसैले रोक्न सक्दैन । हामी युद्ध भुमिमा होमिसकेका छौँ । रुपैडिया जमुनाह नाकाबाट ढुङ्गा हान्नेले जति राष्ट्रियताका नारा लगाए पनि जनताले चिनिसकेका छन् । त्यसैले हामी नै यो देशका सच्चा राष्ट्र भक्त देश प्रेमी हौं भन्ने कुरा बिर्सनु हुदैन ।`

प्रेस सेन्टरका केन्द्रिय सदस्य सुशील शर्मा लामिछाने, सिराज खान, लुम्बिनी प्रदेश सचिव आलम खान, बाँके जिल्ला अध्यक्ष डा. डक्ट धिताल लगायतले आफ्नो सुझाव राख्नु भएको थियो ।

Next Post

कालोपत्रे सडक धुलाम्मे र हिलाम्मे सगैं कुरुप (जिर्णा)

२०७८ चैत्र २१, सोमबार ००:१६
संवाददाता, डुडुवा बाँके। बाँकेको नेपालगंज देखी नरैनापुरको सुईया गाउँसम्मको दुरी ४४ किलोमिटर सम्म रहेको छ । हुलाकी राजमार्ग अन्र्तगत पर्ने यो सडक खण्ड कालोपत्रे गरिएपछि आउजाउमा निकै सहज भएको छ । तर अहिले डुडुवा गाउँपालिकाको मिलन चोक वरपर र राप्ती पुल वरपरको कालोपत्रे सडक निर्माण सम्पन्न भएको छोटो समयमै उक्किएर […]