दस लाख रुपैयाँ फिरौती माग्ने भिनाजु प्रहरी खोरमा

  ।   २०७७ भाद्र १२, शुक्रबार १९:२१

योगेश पाण्डे

नेपालगन्ज । आफ्नो सालोलाइ अपहरण गरि दस लाख फिरौती माग्ने भिनाजुलाइ जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपि ओमबहादुर रानाका अनुसार खजुरा गाउपालिका वडा नं. ५ रजवनाका १३ बर्षिय बालक इसाहक (जाकिर) भन्ने इन्तजार खांलाई आफ्नै भिनाजु नेपालगन्ज १६ जयसपुरका २७ बर्षिय कल्लु भनिने कलिमले अपहरण गरेर १० लाख फिरौतीका लागि आफ्नै घरमा बन्धक बनाएका थिए । भदौ ९ गते खजुराबाट मोहर्म हेर्न गएको बेला भिनाजुले अपहरण गरेको र भदौ ११ गते फुपुको घर बुढिया गाउँमा छोडेपछि प्रहरीले उद्धार गरेको हो ।

पीडितको बुबाले जग्गा खरिद गर्ने रकमका बारेमा जानकारी पाएपछि कलिमले अपहरण गरेको रहस्य खुलेको प्रहरीले जनाएको छ । बालक अपहरण भएको र खोजतलास भैरहेको भन्ने खबरको आधारमा बाँके प्रहरीले खोजतलास गरेर पीडित बालकको उद्धार गरि अपहरणकारीलाई पक्राउ गर्न सफल भएको एसपी रानाले बताउनु भयो ।एसपी रानाले भन्नुभयो,” अपहरणमा प्रयोग भएको भे ४ प २३४४ नं. को सुजुकी मोटर साइकल थान १ र फिरौती माग गर्न प्रयोग गरिएको मोबाईल थान १ बरामत भएको छ ।” अपहरणकारीलाई मुलुकी एन २०७४ को परिक्षेद १७ को अपहरण वा शरिर बन्धक सम्बन्धी कसुरको दफा २१३ बमोजिम ७ बर्ष देखि १० बर्षसम्म कैद र ७० हजार देखि १ लाखसम्म जरिवाना हुने ब्यवस्था छ ।

Next Post

FRESH NEWS (12 Bhadra 2077) Updated Details till 6:45 pm. #Presenter: Suresh & Samikshya

२०७७ भाद्र १२, शुक्रबार १९:२१

सम्बन्धित शीर्षक