विश्वविद्यालयको नीति कार्यक्रममा हस्तक्षेप भएकोप्रति प्रचण्डको आपत्ति

  ।   २०८१ भाद्र ११, मंगलवार १५:०४

काठमाडौं,। प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय व्यवस्थित हुँदै गएको त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले हस्तक्षेप गरेकोमा आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयमा गर्नुपर्ने काम नगरेको तर नगर्नुपर्ने काममा सरकार लागेको टिप्पणी गर्नुभयो । ‘अहिले हाम्रो समग्र शिक्षा प्रणाली प्रश्नैप्रश्नले घेरिएको छ । ठूलो आर्थिक, शैक्षिक र सामाजिक असन्तुलन आउने गरी विदेशमा उच्च शिक्षा पढ्न जाने विद्यार्थीको संख्या हरेक वर्ष बढेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘राजनीतिक भागबन्डाबाट थिलोथिलो भएको उच्च शिक्षामा सुधार ल्याउन प्रधानमन्त्रीका रुपमा मैले पदाधिकारीहरुको नियुक्तिमा मेरिटोक्रेसी सुरु गरेँ । त्रिभुवन विश्वविद्यालयमा त्यसका प्रारम्भिक परिणामहरु आउँदै थिए । शैक्षिक क्यालेन्डर कार्यान्वयन हुँदै थियो ।’

केही हप्ताअघिको उत्साहजनक उदाहरण दिंदै उहाँले मानविकी तथा सामाजिक संकायअन्तर्गतको एउटा विषयको परीक्षाफल परीक्षा सकिएको चार दिनमै प्रकाशन गरेको र अब विश्वविद्यालय सबै परीक्षाको नतिजा बढीमा सय दिनभित्रै सार्वजनिक गर्ने तयारीमा रहेको बताउनुभयो । ‘गत वर्षका बाँकी परीक्षाको नतिजा त एक साताभित्रै प्रकाशन गर्ने तयारी छ । तर त्यही विश्वविद्यालयकोे नीति तथा कार्यक्रमबाटै प्रधानमन्त्रीको हस्तक्षेप सुरु भयो ।’– उहाँले भन्नुभयो– ‘मेरिटोक्रेसी मिच्दै जाँदा अब त विश्वविद्यालय पदाधिकारीहरुको सुरक्षाका लागि शिक्षामन्त्रीले गृहमन्त्रीलाई सामाजिक सञ्जालबाट आव्हान गर्ने बिडम्बनापूर्ण अवस्था आएको छ । के यही हो सरकारको समन्वय ? जहाँ बेहाल छ, त्यहाँ कुनै चासो नहुने । जहाँ सुधार छ त्यहाँ समस्या खडा गर्नैपर्ने । यो कस्तो दुईतिहाइको शासन हो ?’

Next Post

राष्ट्रिय महत्वका योजना हटाउन थालेकोमा अध्यक्ष प्रचण्डको आपत्ति

२०८१ भाद्र ११, मंगलवार १५:०४
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले राष्ट्रिय महत्वका योजना हटाउन थालेकोमा आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले जस अपजसभन्दा देश बनाउनतिर लाग्न सरकारलाई आग्रह गर्नुभयो ।‘हामीले तीब्रतर आर्थिक विकास र सामाजिक न्यायका लागि कतिपय महत्वाकांक्षी योजनाहरु बजेटमार्फत […]