माओवादी अध्यक्ष प्रचण्ड चैत ४ गते बाँके पुग्ने, नेता कार्यकर्ता तयारीमै दौडधुप

  ।   २०८१ फाल्गुन १७, शनिबार ०७:५६

सविता चन्द ठकुरी
बाँके । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको विस्तारित बैठक सम्पन्न भएको छ ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानमा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) पुर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्म हुलाकी राजमार्गबाट यात्रा गरिरहनु भएको छ । चैत्र ४ गते अध्यक्ष प्रचण्ड बाँके पुग्ने मिति तय भएपछि माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिले विस्तारित बैठक आयोजना गरी अभियान सफलपार्न विभिन्न रणनीति निर्णय गरेको छ ।

जिल्ला संयोजक जेम्सले ४ गते बाँके जिल्लाको राप्तिसोनारीमा भव्य जनसभा हुने बताउनु भयो । राप्तिसोनारी, नेपालगन्ज र खजुरा हुँदै अध्यक्ष प्रचण्ड बर्दिया जाने संयोजक जेम्सले जानकारी गराउनु भयो ।

संयोजक जेम्सले कार्ययोजना प्रस्तुत गर्दै सम्पुर्ण पार्टी कार्यकर्ता, भातृ संगठका नेता र आस्थागत संगठनका नेताहरुलाई अभियान सफल पार्न एकताबद्ध भएर विभिन्न कार्यक्रममा लाग्न निर्देशन  दिनुभयो । जिल्लामा जनसभा, अन्तरक्रिया, भेटघाट जस्ता कार्यक्रम हुने समेत जानकारी दिनुभयो । बैठकका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य तथा बाँके इन्चार्ज पुर्णा कुमारी सुवेदी (सिला) ले संकल्प गरेर सबै नेताहरू अगाडि बढौँ भन्दै जनताको घरघरमा गएर एक सन्देश दिनुपर्ने जिम्मेवारी आएको बताउनु भयो ।

सबै जबस नेताहरु एकताका साथ लाग्नु पर्ने कुरामा इन्चार्ज सुवेदीले जोड दिनुभयो । स्थायी समिति सदस्य महेश्वर गहतराज अथकले  माओवादी केन्द्रको झापा र मधेसमा एउटा स्थिति देखापरेको छ । माओवादीको पक्षमा जनलहर बढेको छ भन्दै नेता कार्यकर्ता एकहुन पर्नेबेला आएको बताउनु भयो । बैठकमा केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, दैलेख इन्चार्ज प्रेम कटुवाल, लुम्बिनी प्रदेश सचिब प्रकाश लगायतका नेताहरूले मन्तव्य राख्नु भएको थियो ।

बैठकको संचालन नेकपा माओवादी केन्द्र बाँके जिल्ला सचिब डिल्ली बराल अमिरले गर्नु भएको थियो ।

Next Post

कोहलपुरका मेयर आचार्य विरुद्ध साइवर अपराध मुद्दा दर्ता हुँदै

२०८१ फाल्गुन १७, शनिबार ०७:५६
सम्बाददाता बाँके । कोहलपुरका मेयर पूर्ण आचार्यका बिरुध्दमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । मेयर आचार्य बिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता गर्न लागिएको हो । साइबर ब्युरोले मेयर आचार्य माथि अनुसन्धान सुरु गरेको छ भने अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उहाँ बिरुद्ध अभियोगपत्र दायर […]

सम्बन्धित शीर्षक