चुनावी बाचा पूरा गर्दै नमुना

सांसद नमुनाद्वारा निर्वाचन क्षेत्रमा प्रदेशबाट बजेट विनियोजन

  ।   २०८० असार १२, मंगलवार २१:०९


नेपालगन्ज ।

निर्वाचन क्षेत्रको विकास कसरी गर्नुपर्छ भन्ने कुरा कसैले सिक्नुछ भने लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्णा केसी नमुनालाई हेरे पुग्छ ।
सांसद निर्वाचन भएर सपथ ग्रहण नगर्दै निर्वाचन क्षेत्रको विकासका प्रदेश र संघीय सरकारसँग योजना ल्याएर आएकी नमुनाले आगामी आर्थि वर्ष ०८०/८१ का लागि विनियोजन गरेको देख्दा उनका चुनावी प्रतिद्वन्द्वी पनि अहिले जिब्रो काटिरहेका छन् ।

उहाँले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडामा खानेपानी योजना मात्र ३९ वटाका लागि बजेट पार्नुभएको छ । ३० वटा राप्तीसोनारी गाउँपालिका र ९ वटा नरैनापुर गाउँपालिकाका खानेपानी आयोजना रहेका छन् । जसको बजेट मात्र ७ करोड २३ लाख रुपैयाँ रहेको छ । नरैनापुरको कालाफाँटा खानेपानी आयोजनाका लागि कम्तीमा एक लाख रुपैयाँ छ भने नरैनापुर ३ मा रहेको बर्फानी बाबा मन्दिर खानेपानी आयोजनाको लागि ६० लाख ५० हजार रुपैयाँ रहेको छ ।
उहाँले लुम्बिनी प्रदेश सरकारले रातो किताबमा प्रकाशित गरेका १० करोड ८५ लाख रुपैयाँका भौतिक पूर्वाधार विकासका २३ वटा योजना पनि पानुर््भएको छ । यी योजना पनि राप्तीसोनारी र नरैनापुर दुबै गाउँपालिका क्षेत्रका रहेका छन् । अधिकांश योजना सडकका रहेका छन् । राप्ती सोनारी–सोनपुर–सर्रा–पहाडीपुर गेदवा–सोनवर्षा गंगापुरहुँदै नरैनापुर मटेहिया सडकका लागि सबैभन्दा कम पाँच लाख रुपैयाँको रहेको छ ।                                                                                    डुडुवा गाउँपालिका पहुँच मार्ग ः राप्तीसोनारी कचनापुर कम्दी सडक र राप्तीसोनारी– अर्गानिक कटेजदेखि तल्लो खैरेनी जोड्ने पुलका लागि दुबै योजनालाई एक करोड २५ लाखका दरले दुई करोड ५० लाख विनियोजन गरिएको छ । त्यस्तै गौरीखोला पुल कम्ती कचनापुर सडक डिआरओ २० लाई पनि एक करोड बजेट छ ।
एक जिल्ला एक नमुना बस्ती बनाउने योजना अन्तर्गत नरैनापुरका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नरैनापुरको आदर्श मावि र जमुनी माविको भवन निर्माण पनि यिनै योेजनामा परेको छ । अरु अधिकांश बजेट सडकका लागि छ । केही बजेट पुल निर्माणमा पनि छ । सांसद नमुना भन्नुहुन्छ, ‘बाँके क्षेत्र नम्बर १ (क) मा पर्ने वडाहरू नरैनापुरका सबै र राप्तीसोनारीका १ देखि ७ नम्बर वडाका लागि पूर्वाधार निर्माणतर्फ वार्षिक कार्यक्रम (रातो किताब)मा समावेश भएका छन् । जनताले तिरेको करबाट छुट्याइएको बजेट कार्यान्वयनको लागि सबैले आफ्नो स्थानबाट भूमिका खेल्नुहुनेछ भन्ने विश्वास लिएकी छु ।’                                                                                                                           
लुम्बिनी प्रदेश सरकारबाट मात्र होइन, सांसद नमुनाले राप्ती नदी कटान र डुबानबाट जोगाउन संघीय सरकारबाट पनि भर्खरै दुई करोड रुपैयाँ विनियोजन गर्नुभएको छ । बाँकÞेको राप्तीसोनारी–२ कचनापुरको मधुवा र वडा नम्बर– ७ को खल्लाझगडिया, नरैनापुर–५ को भोजभगवानपुर लगायतका स्थानमा तत्काल तटबन्धको लागि संघीय सरकारबाट २ करोड रुपैयाँ प्राप्त भएको उहाँले बताउनु भयो । कचनापुरमा बिहीबारबाट नै काम सुरु भइसकेको छ । खल्लाझगडिया लगायतका अति जोखिम स्थानमा पनि तत्काल काम सुरु हुनेछ । जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत काम अगाडि बढिसकेको छ । उहाँले आकस्मिक कोस मार्फÞत बजेट छुट्याइदिनुभएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री डा.प्रकाश शरणमहतलाई फेसबुक स्टाटस लेखेर धन्यवाद दिनुभएको छ । उहाँले भन्नु यायो, ‘उहाँहरुले तत्काल २ करोड रकमले काम गर्दै जाने अपुग रकम थप दिने समेत प्रतिबद्धता जनाउनुभएको छ । केही भएपनि कटान र डुवानको समस्या हल हुने मैले विश्वास लिएकी छुँ । भइरहेको कामको अनुगमन तथा रेखदेख समेत गर्नुहुन स्थानीयबासीलाई आग्रह गर्दछु ।’

बाँके क्षेत्र नं.१ (१) बाट दोस्रो कार्यकालका लागि सांसद निर्वाचित नमुनाले निर्वाचनको एक वर्षभित्रै ल्याएका विकास योजनालाई उहाँले गरेको चुनाबी बाचा पूरा हुँदै गरेको रुपमा स्थानीयले अर्थ लगाउने गरेका छन् । गुडन्यूज साप्ताहिक बाट

Next Post

पुर्णतारा फाउण्डेसन असहायको सहारा बन्दै

२०८० असार १२, मंगलवार २१:०९
नेपालगन्ज । स्वर्गीय पुर्णबहादुर रोकाय र ताराकुमारी रोकायको नामबाट स्थापना गरिएको पुर्णतारा फाउन्डेसन असहायहरुको सहारा बन्दै आएको छ । सोमबार नेपालगन्जको साथी कृष्ण कटेजमा आयोजना गरिएको चौथो वार्षिक उत्सवले यस्तै विभिन्न कार्यक्रम गरेर मनाएको हो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट प्रमुख अतिथि रहेको सो कार्यक्रममा जेष्ठ नागरिक र बालबालिकाहरुलाई […]