सत्ता गठबन्धनको बैठक बस्दै, एमसिसी र मन्त्रिपरिषद् विस्तार एजेन्डा

  ।   २०७८ भाद्र २५, शुक्रबार ०७:३८

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक बस्दै छ। आज बिहान ९ बजे बस्ने बैठकमा अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे छलफल हुने छ।

एमसिसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरूसँग भेट गरिरनु भएको छ । उनले हिजो सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेको छ।

उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका अन्य दलका शीर्ष नेतालाई भेट्ने कार्यसूची छ। एमसिसीबारे साझा धारणा बनाउन भन्दै बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै बैठकमा सरकार विस्तारबारे पनि छलफल हुने छ।

गठबन्धनको बैठक हिजो पनि बसेको थियो। तर बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएको र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ढिलो गरी पुगेपछि हिजो कुनै पनि विषयमा छलफल हुन नपाएको कांग्रेस नेता डाक्टर प्रकाशशरण महतले जनाकारी दिनुभयो ।

Next Post

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना‚ यस्तो छ एक साताको मौसम पूर्वानुमान

२०७८ भाद्र २५, शुक्रबार ०७:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखा अनुसार शुक्रबार बिहान नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ। दिउँसो देशभर सामान्य बदली रही […]