भारतबाट आउने नेपालीहरुलाई कञ्चनपुरको गड्डाचौकीमै कोरोनाविरुद्धको खोप दिइँदै

  ।   २०७८ भाद्र १२, शनिबार १४:१९

कञ्चनपुर । कोरोना संक्रमणको जोखिम कम गर्न कञ्चनपुरको गड्डाचौकी नाकामा खोप अभियान संचालन गरिएको छ । भारतबाट आएका व्यक्तिहरुबाट कोरोना संक्रमण नभित्रियोस भनेर गड्डाचौकी नाकामा खोप अभियान संचालन गरिएको हो ।

नेपालमा कोरोनाको संक्रमण नाकाबाटै फैलिने भएकाले स्वदेश भित्रिने नेपालीहरुलाई कोरानाको खोप दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

भारतमा कोरोनाको सबैभन्दा जोखिमयुक्त ठाउँ भएकाले त्यहाँबाट आउने व्यक्तिहरुलाई खोप दिँदा त्यसले संक्रमणबाट सुरक्षित बनाउने जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो ।

भदौ १० गतेबाट सुरु गरिएको खोप अभियानमा गड्डाचौकी नाकामा मात्रै झण्डै दुई सय जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले भारतबाट आउने नेपालीहरुमध्ये झण्डै ८० प्रतिशतले खोप लगाएको जनाएको छ । ईमेजखबर

Next Post

मालपोत कार्यालय सुर्खेत आइतबारदेखि सञ्चालन हुने

२०७८ भाद्र १२, शनिबार १४:१९
कर्णाली । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले (भोलि) आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ। यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनःअर्को सूचना जारी गर्दै भोलिदेखि सबै सेवा सञ्चालन गर्ने जनाएको हो। निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले सङ्क्रमित कर्मचारी निको […]

सम्बन्धित शीर्षक