गुलरियाका वडाहरु धमाधम बालविवाहमुक्त वडा घोषणा गरिंदै

  ।   २०८१ असार ८, शुक्रबार १३:४३

नेपालगन्ज । बर्दिया जिल्लाको गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तर्गत वडाहरुलाई धमाधम बालबिवाहमुक्त घोषणा गरिंदैछ । सोही क्रममा प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब अन्य संघसंस्थाको सहकार्यमा गुलरिया नगरपालिकाले गुलरियाको वडा नम्बर ८ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरेको छ । यसअघि केही दिन पहिले मात्र वडा नम्बर १२ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो ।

गुलरिया वडा नम्बर ८ मा आयोजना गरिएको एक बृहत् समारोहमा सो वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । वडा नम्बर ८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बानियाँको अध्यक्षतामा सम्पन्न भएको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले सो वडालाई बालविवाहमुक्त घोषणा गर्नुभयो । उहाँले गुलरिया नगरपालिकालाई सन् २०८१ भित्र बालविवाहमुक्त नगरपालिका बनाउने लक्ष्य पुरा गर्न सबै वडालाई बालविवाहमुक्त वडा घोषणा गर्नु पर्ने बताउनुभयो ।

गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतमले यो वडालाई बालविवाहमुक्त वडा घोषणा गर्नमा विभिन्न संघसंस्था, जनप्रतिनिधि र स्थानीयको ठुलो सहयोग रहेको बताउनुभयो । उक्त घोषणा कार्यक्रममा गुलरियाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, बरिष्ठ अधिकृत मुकुन्द अर्याल, गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह लगायत जनप्रतिनिधी, राजनीतिक दलका नेताहरु, धर्मगुरु, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपालीले प्रतिवेदन प्रस्तुत गर्दै बालविवाह न्यूनीकरणका लागि विभिन्न सरोकारवालाहरूले गरेको प्रयासहरू बारे जानकारी गराउनुभयो । सो बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा ४५० भन्दा स्थानीय वडावासीको सहभागिता रहेको थियो ।

Next Post

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे छलफल

२०८१ असार ८, शुक्रबार १३:४३
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले २ वटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने बिकल्प र उपायहरूबारे छलफल गर्नुभएको हो। छलफलमा प्रधानमन्त्रीले २ वटै […]

सम्बन्धित शीर्षक