बिहीबार नेप्से समान्य बढ्यो

  ।   २०७७ आश्विन २९, बिहीबार १८:०६

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से बिहीबार सामान्य बढेको छ । नेप्से एक दशमलव २९ अङ्कले बढेर १५ सय ६२ दशमलव ४६ अङ्कमा पुगेको छ ।

बिहीबार बैंक, जलविद्युत्, सामूहिक लगानी कोष, व्यापार र अन्य समूहको शेयर सामान्य बढे पनि अरु समूहको शेयर ओरालो लागेको छ । उत्पादन समूहको शेयर २९ अङ्कले, निर्जीवन बीमा समूहको २४, जीवन बीमा समूहको १६ र होटल समूहको शेयर १५ अङ्कले घटेको छ ।

बिहीबार एक अर्ब ४२ करोड ५८ लाख रुपैयाँ बराबरका ४९ लाख ९४ हजार कित्ता शेयर किनबेच भए । सबैभन्दा धरै नेपाल पुनर्बीमा कम्पनीको सात करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेपाल फाइनान्स र जनरल इन्स्योरेन्स कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । तर गुराँस लघुवित्त वित्तीय संस्था र आँखुखोला जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । उज्यालो अनलाइन

Next Post

कोरोनाको उपचार आफ्नै गोजीबाट गर्नू, सरकारले सक्दैन : स्वास्थ्य मन्त्रालय

२०७७ आश्विन २९, बिहीबार १८:०६
काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार आफ्नै खर्चबाट गर्न भनेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जसले इन्स्योरेन्स गरेको छ उसले सोही रकमबाट र नगरेको भए खल्तीबाटै खर्च गरेर कोरोनाको उपचार गर्नुपर्ने बताउनुभयो । “जसले इन्स्योरेन्स् गरेका छन् । उनीहरुले त्यो सुविधा लिन सक्छन् अर्थात सोही रकम खर्च […]