नेपागन्ज । जेसिस सप्ताह २०२० कार्यक्रमको दोस्रो दिन रक्तदान कार्यक्रम गरेर सम्पन्न भएको छ । सो रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत जम्मा गरेको नेपालगन्ज जेसिजका अध्यक्ष प्रज्वल कुमार श्रेष्ठले बताउनु भयो ।
अध्यक्ष श्रेष्ठका अनुसार रेडक्रस सोसाइटी गनापुर उपशाखाको सहकार्यमा सो कार्यक्रम भएको हो । अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालको प्रमुख आथित्यमा शुरु भएको कार्यक्रममा ३४ जनाले रक्तदान गर्नु भएको छ । कोभिड १९ ले संसारलाई अस्तव्यस्त बनाएको बेला जेसिसले रक्तदान गरेर उदाहरणीय काम गरेको अध्यक्ष धितालले बताउनु भयो । कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशबाट समेत उपचार गाराउन आउने बिरामीहरुलाइ लक्षित गरि गरेको रक्तदान कार्यक्रमको प्रशंसा अध्यक्ष धितालले गर्नु भयो । रगत अभव भएको बेला जेसिसले रक्तदान कार्यक्रम गरेर बिरामीहरुलाइ गुनु लगायो उहाले थप्नु भयो । त्यस्तै जेसिसका अध्यक्ष श्रेष्ठले जेसिसले २०२० शुरु भएयता ४ वटा कार्यक्रम गरेको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले जेसिस सप्ताहको तेस्रो दिन आज मंगलबार वाटर पार्क सरसफाइ गर्ने कार्यक्रम रहेको समेत जनाउनु भयो ।
कार्यक्रममा रेडक्रस सोसाइटी गनापुर शाखा अध्यक्ष देबि गुरुङ, पुर्व अध्यक्ष आनन्द बहादुर कर्माचार्य, मोहम्मद फरिदुल हक, सुनिलकुमार गुप्ता, विशाल बिक्रम बर्मा, मुल संयोजक प्रकाश कुन्वर, संयोजक आदित्य गुप्ता, सहयोगी जुनियर जेसिज उपाध्यक्ष सरिता बि.क., सामाजिक अभियन्ता मनिसा पन्थी, सरोबर प्रसाईं लगाएतका बिशिस्ट ब्यक्तिको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन जेसिज महासचिव माधवप्रसाद बेलबासेले गर्नु भएको थियो भने स्वागत भषण जेसिजका कोषाध्यक्ष आदित्य गुप्ताले गर्नुभएको थियो ।