निजामती कर्मचारीहरुले गरे कोहलपुर नगरमा आन्दोलन

  ।   २०८० आश्विन २१, आईतवार १४:०४

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा निजामति कर्मचारीहरुले नगरपालिकाको परिसरमा आन्दोलन गरेका छन ।

प्रस्तावित संघिय निजामति सेवा ऐनमा समावेश भएका १२ बुँदे माग सहित आन्दोलन गरेका हुन ।
तत्काल मागहरु संशोधन नभएसम्म आन्दोलन जारी राख्ने भन्दै शुक्रबारदेखि धर्ना दिँदै सरकारी कामकाज ठप्प राखेका छन् ।

कोहलपुर नगरपालिकाका संघर्ष समितिका संयोजक राम बहादुर हमालले १२ बुँदे माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने र पेन डाउन सहित धर्ना कार्यक्रम जारी राख्ने बताउनु भएको छ ।

कोहलपुर नगरपालिकामा करिब २ सय ५० जना निजामति कर्मचारीहरु रहेका छन् ।

Next Post

नेपालमा डेंगु सङ्क्रमितको संख्या ३५ हजार नाघ्यो

२०८० आश्विन २१, आईतवार १४:०४
नेपालगन्ज । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका ईडीसीडीको तथ्याङ्कअनुसार ३५ हजार ४९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । आठ महिनाको समय अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । संक्रमण देखिएका जिल्लामध्ये सबै भन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा रहेको छ । […]