इङ्ग्ल्यान्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा पाकिस्तान ९ विकेटले पराजित

  ।   २०७८ असार २५, शुक्रबार ०७:१४

काठमाण्डौ । पहिलो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको १ सय ४२ रनको लक्ष्य इङ्ग्ल्यान्डले २१ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो ।

इङ्ग्ल्यान्डको जितमा डेविड मालनले ६८ रनको योगदान दिए भने जाक क्रलीले ५८ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका सहिन साह अफ्रिदीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ३५ ओभर २ बलमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो ।

पाकिस्तानका लागि फखर जमानले ४७, शादव खानले ३० र सोहिब मक्सुदले १९ रन जोडे । यस्तै इङ्ग्ल्यान्डका शकिब महमुदले चार विकेट लिए भने क्रेग ओभर्टन र माट पर्किनसनले दुईरदुई विकेट लिए । जितसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो खेल भोलि हुनेछ ।

Next Post

देउखुरीमा एकवर्षभित्रै लुम्बिनी प्रदेशका सबै मन्त्रालय सार्ने तयारी

२०७८ असार २५, शुक्रबार ०७:१४
संवाददाता । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा एकवर्षभित्रै सार्ने तयारी भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८-०७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो । प्रदेश सरकारअन्तर्गत ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी […]