देउखुरीमा एकवर्षभित्रै लुम्बिनी प्रदेशका सबै मन्त्रालय सार्ने तयारी

  ।   २०७८ असार २५, शुक्रबार १४:१७

संवाददाता ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा एकवर्षभित्रै सार्ने तयारी भएको छ ।

प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८-०७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो ।

प्रदेश सरकारअन्तर्गत ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी देउखुरी उपत्यकाबाट औपचारिक रूपमा कामकाज शुरु गरिसकेको छ ।

लुम्बिनी प्रदेश ग्रामीण तथा शहरी विकासमन्त्री हरिप्रसाद रिजालले प्रदेशको हिउँदे अधिवेशनसम्म प्रदेशका सबै मन्त्रालय दाङको देउखुरीमा स्थापना हुने बताउनुभयो ।

गत असोज २० गते प्रदेशसभाबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो ।

स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट मन्त्रालयले कामकाज शुरुआत गरेको अवसरमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले प्रदेशसभा भवन निर्माण काम भइरहेको र स्थायी राजधानीको स्थान राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहा सार्ने सहमति गरेर शिक्षालयका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण भइरहेकाले सबै कार्यालय छिट्टै देउखुरी आउने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी संञ्चार डटकमबाट

Next Post

“सेतो सुन“ खेती

२०७८ असार २५, शुक्रबार १४:१७
रमेश कुमार थापा कपास खेतीलाई “सेतो सुन खेती“ भनिंदो रहेछ । नेपाल लगायत संसारका एकसय भन्दा बढी देशहरुमा कुल खेतीयोग्य जमिनको २.५ प्रतिसत भू–भागमा उत्पादन हुने कपास खेती अग्रणी नगदे बाली रहेछ । करीब ७००० बर्ष अगाडी देखि कपास खेती गरिंदै आएको मानिदो रहेछ । कपासलाई कम लागतमा उत्पादन हुने […]

सम्बन्धित शीर्षक