संवाददाता, गुलरिया ।
बर्दियाको गुलरियामा शनिबार आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिता एक–एक गोलको बराबरीमा सकिएको छ ।
स्थानीय बबई क्याम्पस कवर्ड हलको खेलकुद मैदानमा आयोजित प्रतियोगितामा वडा अध्यक्ष सुरेश गौतम, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गेहेन्द्र ढकाल (ज्ञानु) सहित ३५ बर्ष माथिका पूर्व राष्ट्रिय खेलाडीहरुको समेत सहभागीता रहेको थियो ।
गुलरिया नगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेल भने तिहारपछि हुने पत्रकार भीम उचै ठकुरीले जानकारी दिनुभएको छ ।