महिला लिगमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच अन्तिम खेल हुँदै

  ।   २०७७ फाल्गुन ७, शुक्रबार ०७:०९

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम खेल हुँदैछ ।

दिउँसो २ बजे दशरथ रङ्गशालामा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल हुँदै छ । एपीएफले लिगको उपाधि जितिसकेको छ भने आर्मी उपविजेता बनिसकेको छ ।

डबल राउण्ड रोबिनको आधारमा सुरु भएको खेलमा ७ समूह सहभागी भएका थिए । प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ, दोस्रोले ८ लाख रुपैयाँ, तेस्रोले ५ लाख रुपैयाँ र चौथो हुनेले ३ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस संगठन बाँकेमा सह–संयोजक लगायत ३७ जना कार्यसमितिमा मनोनित

२०७७ फाल्गुन ७, शुक्रबार ०७:०९
प्रेस संगठन नेपाल बाँकेका संयोजक डक्ट प्रसाद धितालको अध्यक्षतामा आज भएको जिल्ला भेलाले संगठनको कार्य समितिमा रिक्त रहेका पदहरुमा सह–संयोजक लगायत ३७ जना सदस्यहरूलाई मनोनित गरेको छ । भेलाले राजेश आचार्यलाई सह–संयोजकको पदमा चयन गरेको छ भने बिभिन्न सन्चार क्षेत्रमा कार्यरत ३६ जनालाई संगठनको जिल्ला कार्य समितिको सदस्यमा चयन गरेको […]

सम्बन्धित समाचार