प्रेस संगठन बाँकेको भर्चुअल भेलामा हार्दिकता

सदस्यहरूलाई संगठित हुन निर्देशन

  ।   २०७७ भाद्र २०, शनिबार २१:५७

। प्रेस संगठन बाँकेको जिल्ला भेलाले एक आपसमा हार्दिकता बढाएको छ । सनिवार अनलाइन जुम मार्फत संगठनले आफ्ना सदस्यहरूलाई प्रशिक्षण कार्यक्रम गरेको संगठनका सह संयोजक हेमन्त बिकले बताउनु भयो ।

कोरोना महामारीको कठिन परिस्थितिमा सरकारको निर्देशनको पालना गर्दै संगठनले जुम प्रविधिको प्रयोग गरेर प्रशिक्षण कार्यक्रम गरेको प्रती अधिकांश वक्ताहरुले प्रशंसा गर्नु भयो । भेलामा पत्रकार महासंघका पुर्व अध्यक्ष झलक गैरेले पत्रकारिताको क्रियाशिलतामा जोडदिनु भयो । त्यस्तै केन्द्रीय सदस्य रुद्र सुवेदीले सदस्यहरुलाइ संगठनको मूल्य र मान्यतामा रहेर कोरोना कहर बीच पत्रकारिता गर्न उत्साह दिनु भयो । प्रदेश ५ पत्रकार महासंघका महासचिव तथा केन्द्रीय सदस्य भेषराज बस्नेतले पत्रकार महासंघ र संगठन बीचको सम्बन्धका बारेमा प्रशिक्षण दिनु भयो । प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य बस्नेतले विचार र अध्ययनमा अब्बल भएर पत्रकारिता गर्न सदस्यहरुलाई सचेत गराउनु भयो । प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य गोबिन्द शर्मा, प्रदीप वाग्ले, अनुशासन आयोगका सदस्य सुशील शर्मा लगायत, डा. मुना श्रेष्ठ, भिम रावत, अछेरी पोखरेलले आ-आफ्ना धारणा राख्नु भएको थियो ।

भेलाको समापन गर्दै संयोजक डक्ट धितालले सदस्यहरु कटिबद्ध भएर संगठनमा लाग्न निर्देशन दिनुभयो । संगठले पत्रकारका हकहितमा डटेर लाग्ने प्रतिबद्धता गर्दै संयोजक धितालले अन्य पत्रकारका अस्थावान संगठन सग सहकार्य र सहमति गर्दै अगाडि बढ्ने कुरामा जोड दिनुभयो ।

भेलामा संगठनका केन्द्रिय सदस्य, अनुशासन विभाग सदस्य, आर्थिक विभाग सदस्य, प्रदेश सदस्य, पुर्व केन्द्रिय सदस्य, पत्रकार महासंघका पदाधिकरी तथा संगठनमा आवद्ध सदस्यहरु समेत गरी ५० जना भन्दा बढिको सहभागीता रहेको थियो ।

Next Post

आज ११ जना संक्रमित थप भोलि ८ जना डिस्चार्ज हुँदै

२०७७ भाद्र २०, शनिबार २१:५७
बाँके । बाँकेमा आज सनिवार ११ जना कोरोना पोजेटिभ थपिएका छन् भने भोलि बाँकेका विभिन्न आइसोलेसन केन्द्रबाट ८ जना डिस्चार्ज हुने कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताउनु भयो । कोरोना पोजेटिभ थपिनेहरु मध्य ४ महिला र ७ पुरुष छन भने डिस्चार्ज हुने ६ महिला र २ पुरुष हुन् । बाँके […]

सम्बन्धित शीर्षक