६५ बर्षिय आमाको क्रिसमस मनाउने धोको पुरा

  ।   २०८० पुष १०, मंगलवार २१:०३

नेपालगन्ज । बिहानको ७ बजेको हुँदो हो । सिरसिरे चिसोमा ६५ बर्षिय एक महिला नेपालगन्ज–१० स्थित चर्चको गेटमा उभिइन् । क्रिसमसको दिन भएर होला चर्च क्षेत्रमा मानिसहरुको बाक्लै भिड थियो । त्यी महिला अलि अश्वस्थ जस्तै देखिन्थिन् । स्याँ…… स्याँ…….. गरेर स्वास फेर्न उनलाई निकै कठिन भएको देखिन्थ्यो । स्वासफेर्न नसकेर थचक्क बसिन् उनी । उनी थिन् नेपालगन्ज–९ बाँके गाउँकी शान्ति रम्तेल । उनले भनिन् ‘आज रातभर सुत्न सकिन, निकै अप्ठ्यारो भयो । अस्पताल जाउँकी भनेकी थिए तर आज प्रभु जन्मेको दिन भनेर सकि नसकी चर्चै आएँ ।’ उनको हालत देखेर गोस्पल चर्चका अगुवा मोहनले भित्रलगेर रातो कार्पेटमा बसाए । त्यस्तै राप्तिसोनारी ६ का ओसबहादुर घर्ति बिहान ७ बजे नै गस्पल चर्च पुगे । तपाई यति बिहानै किन पुग्नुभयो भन्ने प्रश्नको जवाफमा ओसबहादुर बताउछन् ‘आज मेरा प्रभु जन्मेको दिन । ज्यान निकै खुशी छ । आज प्रभुको चंगाई पाउने हो ।’ यी त हुन् प्रतिनिधी पात्र । सोमबार गोस्पल चर्चको मैदानमा यस्तै ३ हजार बढी क्रिष्टमस मनाउनेहरुको भीड थियो । येशूको जन्मका भजन गाएर भक्तजन तालिबजाई हल्लिरहेका थिए । कार्यक्रम संचालकले पालैपालो रोलक्रम अनुसार कार्यक्रम चलाएर चर्चका मुख्य पस्टर केबि र सुशीला बसेललाई समय हस्तान्तरण गरे । मुख्य पास्टरले शुभकामना दिए । त्यस्तै चर्चका अर्का पास्टर सुशीला बसेलले बाईबलबाट केही सन्देश दिदै निकोहुन भक्तजनलाई स्टेजतर्फ बोलाईन् । ३ हजार भन्दा बढी भक्तजनको भीड अगाडिको दिर्घामा आउन थाले । पानी छर्कदै सबैको टाउकोमा हात राखेर दुबै पास्टरले प्रार्थना गरिदिए । प्रार्थना पछि सबै भक्तजन आ–आफ्नो बस्ने ठाउँमा गएर बसे । पास्टर सुशीलाले भनिन्,‘कतिजना निको हुनुभयो ? निको हुनुभएका सबै अगाडि आएर आशिष बाँड्नुहोस् ।’ पास्टरको कुरा सुनेर ३५ जना रोग निको भएकाहरुले आपूm निकोभएको कुरा सुनाए । त्यी निको हुँने मध्य बिहान धौ धौ चर्च आएकी शाति रम्तेल हुन् । रम्तेलले आपूm निको भएको कुरा खुशीहँदै सुनाएपछि धेरैका आँखा रसाए ।चर्चका मुख्य पास्टर केबि बसेलले प्रभु येशूको जन्मको रहस्य बाईबल धर्मशास्त्रबाट प्रस्ट्याए । उनले भने,‘येशू मानिसलाई जीवन दिन यस धर्तीमा आउनु भयो । येशू प्रभु मृत्युुलाई जित्ने प्रभु हुनुहुन्छ । शान्ति र आनन्द प्रभुमा पाइन्छ ।’ त्यस्तै वल्र्डरवर्ट बिश्वविद्यालय अमेरिकाका विद्यार्थी डेविट, कालेव र एण्डरिकले शुभकामना दिएका थिए । प्रवचन र शुभकामना पछि प्रभु येशूसँग सम्बन्धित सन्देश मुलक विभिन्न प्रकारका नाच, गीत, नाटक, गीतिनाटक र पदहरुद्धारा कार्यक्रम भब्यरुमा मनाइएको चर्चका अगुवा मोहन चौधरीले बताए । नेपालगन्जका ४० चर्चमा आ–आफ्नो प्रकारले क्रिसमस मनाएको कुरा इसाई समाज नेपालगन्जका उपाध्यक्ष पास्टर प्रवचन शाहीले बताए ।    गोस्पल चर्चको कार्यक्रम समापन पछि ब्यालुनमा क्रिसमस ब्यानर झुण्डाएर राखेको ब्यालुनको झुप्पो मुख्य पास्टर बसेल जोडिले उडाएका थिए । ख्रीष्टियान धर्मालम्बीहरुले एकआपसमा उपाहार साटासाट गर्दै धुमधामका साथ क्रिसमस मनाए । क्रिसमस प्रतिको आकर्षणले नेपालगन्जका सबै चर्चमा अन्य धर्मालम्बीहरुको उपस्थिति पानि बाक्लै थियो । क्रिसमसको भोज खाएपछि सबै धर्मालम्बीहरु आ–आप्mनो घरतर्फ लागेका थिए भने कार्यक्रम संचालन डा. डक्टप्रसाद धितालले गरेका थिए । 

Next Post

ख्रीष्टमस डे र उधौली पर्वमा छड्के अनुगमन

२०८० पुष १०, मंगलवार २१:०३
नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार ख्रीष्टमस डे र मङ्गलबार उँधौली पर्व-धान्य पूर्णिमाको अवसरमा दिइएको सार्वजनिक बिदाका दिनमा पनि जिल्लाका केही सरकारी कार्यालयहरूमा काम कारबाही भए नभएको बारेमा छड्के अनुगमन तथा निरीक्षण गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल सरकारले प्रकाशित गरेको राजपत्र […]

सम्बन्धित समाचार