लकडाउनमा सर्वसाधारणको चुलो सल्काउने नेता न्यौपाने ब्याटल युद्धमा

  ।   २०७९ बैशाख १३, मंगलवार २२:५०

नेपालगन्ज ! कोहलपुर नगरीलाई माया गर्ने किसान परिवारमा जन्मे हुर्केका नरेन्द्र न्यौपाने यतिखेर ब्याटल युद्ध मैदानमा लड्दै छन् । देश कोरोना संक्रमणको युद्धमा लडिरहेका बेला नरेन्द्र सर्वसाधारण गरिव जनताको चुलो सल्काउने काममा ब्यस्त थिए ।

देशैभर लकडाउन थियो । आकाशमा काग पनि उड्न डराउने अवस्था थियो । महिनौ दिनको लकडाउनले सर्वसाधारण जनताको चुलो बलेन । महिनौं दिनसम्मको यस्तो विकराल अवस्थामा सर्वसाधारण जनताको घरमा चुलो सल्काउन नरेन्द्र न्यौपाने सर्वसाधारणका घरमै पुगे । अहिले ब्याटल युद्धमा उत्रेका कयौंन नेता कार्यकर्ताहरु कोरोनाको डरले घर भित्र लुकेका थिए भने नेता न्यौपान जनताको घरदैलो कार्यक्रममा थिए । तिनै सर्वसाधारणका मसिहा नेता न्यौपाने मेयर पदको उम्मेदवार बनेर घरदैलो गरिरहेका छन् । चामलका बोरा बोक्न देखि कोहलपुरबासीका घरमै पुगेर समस्या बुझेर सो अनुसारको सेवा पुर्‍याउन नेता न्यौपाने कहिलै पनि चुकेनन । चाहे कोरोनाको त्रास होस् वा अन्य कुनै जनताका समस्या कनैले पनि नेता न्यौपानेलाई जनताको घरदैलो पुग्न देखि रोकेन । जनताका साना देखि ठुला काममा प्रत्यक्ष राहत हुने गरि छाया मेयरका रुपमा काम गर्दै आउनु भएका नेता न्यौपाने नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवारको रुपमा सर्वसाधारण जनताको बीचमा ब्याटल युद्धमा छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाताहरुको फैसला फर्खेर बसिरहेका छन् ।

जनता जनार्दनले आफ्नो विना सर्त गरेको सेवाको फैसला गर्ने दिन पर्खेर बसेको बताउछन् नेता न्यौपाने । कोहलपुर भित्रका जनताहरुलाइ नुन देखि सुन सम्मको सेवा पुर्‍याउन नेता न्यौपानेले झरी, जाडो, धुलो, गर्मी नभनी जनताकै बीचमा छन् । कोहलपुरका १५ वटै  वडाका जनताले निष्पक्ष न्याय गर्ने भन्दै अहिले विशुद्ध मतदान गरेर एकपटकका लागि कोहलपुरको मुहार फेर्ने मौका दिन आग्रह गर्दै हिडेका छन् । नम्र स्वभा, लजिकल फ्रेम, मुस्कान सहित जनताको सेवामा खटिने नेता न्यौपाने  घरदैलो कार्यक्रममा ब्यस्त छन् । अहिले चुनावी मैदानमा उत्रेका मेयरका उम्मेदवारहरु मध्य सबै भन्दा बढी पढे लेखेका बौद्धिक नेता न्यौपाने लामो समय देखि जनताको सेवामा छन् । त्यसैले होला कोहलपुर-३ का तिलाराम भण्डारी भन्छन् नेता न्यौपानेको विकल्पमा अरु कोहि छैन । उनी थप्छन्,´ यत्तिको नेता कोहलपुरबासीले पाउनु भाग्य हो । नेता न्यौपाने कोहलपुरबासीका मसिहा नै हुन ।` यस्तै कोहलपुर २ का सुरज चौधरी भन्छन्,´ यो भन्दा अगि एमाले लाई भोट हाले । ५ बर्ष सम्म कुनै काम हुन सकेन । जनताका आशा निराशामा परिणत भए । त्यसैले यसपटक युवा नेता नरेन्द्र न्यौपानेको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हतौडा मै छ्यप्प भोट हाल्छु । ` कोहलपुरको जनलहर माओवादी नेता न्यौपानेको पक्षमा भएको सर्वसाधारण बताउँछन् ।

Next Post

तुफान नाम नै काफी छ

२०७९ बैशाख १३, मंगलवार २२:५०
नेपालगन्ज । खजुरा गाउपालिका (कांग्रेस माओवादी) गठबन्धनका अध्यक्ष डम्बरबहादुर बिकको तुफान नाम नै काफी छ । जनयुद्धका बेला बाँके र बर्दियाको कमान्डर समाली सकेका तुफान खजुरा गाउबासीका प्रिय नेताका रुपमा चिनिन्छन । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चुनावी प्रचार-प्रसार ह्वात्तै बढेको छ । सबै दलका […]