बाँके ख्रीष्टियन समाजको अधिवेशन सम्पन्न, शेरबहादुर बोहराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  ।   २०८२ असार २९, आईतवार १९:२०

नेपालगन्ज ।  बाँके ख्रीष्टियन समाजको अधिवेशन आइतबार कोहलपुरको आनन्द एजि चर्चमा सम्पन्न भएको छ। समाजका अध्यक्ष पास्टर धनबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा बाँके जिल्लाभरका ६५ चर्चका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको प्रारम्भमा समाजका सचिव डा. पास्टर डम्बरबहादुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने, कोषाध्यक्ष पास्टर रामबहादुर थापाले आर्थिक प्रतिवेदन पेश गर्नुभयो। अधिवेशनमा पास्टर प्रताप चदराले बाइबलबाट प्रेरणादायी प्रवचन दिनुभयो। साथै, प्रार्थना, स्तुति आराधना र आत्मिक सेवाहरू पनि सम्पन्न भए।    अधिवेशनको एक महत्वपूर्ण खण्डमा डा. डक्ट प्रसाद धितालले समाजको विधान दर्तासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमाथिको छलफलपछि अधिवेशनले उक्त विधान जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको थियो ।

अधिवेशनको उद्घाटन सत्रपश्चात बन्द सत्र सुरु गरिएको थियो। निर्वाचन समितिका संयोजक पास्टर हेमदाशको संयोजनमा नयाँ कार्यसमिति चयन गरिएको हो।    १७ सदस्यीय नवगठित कार्यसमितिको अध्यक्षमा ग्रेस साइन चर्च नेपालगन्जका पास्टर शेरबहादुर बोहरा निर्वाचित हुनुभएको छ। अन्य पदाधिकारीहरूमा उपाध्यक्ष पास्टर नन्दलाल घर्ती, सचिव पास्टर रामबहादुर थापा, सहसचिव पास्टर थोमा गुरुङ, कोषाध्यक्ष पास्टर विवेक दाश रहनुभएको छ।

त्यस्तै, कार्यसमितिका सदस्यहरूमा पास्टर रेचन थापा, मोहनलाल चौधरी, नन्दलाल बौडेल, रत्न थापा, चन्दवीर सुनार, गौतम एरी, मानबहादुर थापा, पावल गिरी, शालिकराम रावत, इन्द्र बीएम र डम्बर सुनार चयन हुनुभएको छ।    नवनिर्वाचित अध्यक्ष पास्टर बोहराले कार्यसमितिको तर्फबाट बोल्दै आउँदो कार्यकालमा ख्रीस्टमस र्‍याली, प्रार्थना सभा, जवान संगति लगायतका कार्यक्रमहरू ८ वटै स्थानीय तहहरूसँग समन्वय गरेर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा उपस्थित सबै पास्टरहरूद्वारा नयाँ कार्यसमितिका सदस्यहरूका लागि संयुक्त प्रार्थना गर्दै अभिषेक गरिएको थियो।    बाँके ख्रीष्टियन समाजले यस अधिवेशनमार्फत संगठनात्मक सुदृढीकरणका साथै आधिकारिक वैधानिक प्रक्रिया अघि बढाउने महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

Next Post

बोल्यो संसद, काँपियो सत्ता : प्रचण्डको प्रहार र शासनतन्त्रको नाङ्गो ऐना

२०८२ असार २९, आईतवार १९:२०
  डा. डक्ट प्रसाद धिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार संघीय संसदमा व्यक्त गरेका भनाइहरूले नेपालको वर्तमान राजनीतिक संरचना, शासनशैली, सुशासनको ह्रास, भ्रष्टाचारको मौन संरक्षण र संवैधानिक व्याख्याको खण्डहरमा गहिरो बहस सिर्जना गरेको छ। ती भनाइ केवल वाकपटुता होइनन्, ती विगतको ऐना, वर्तमानको यथार्थ र भविष्यको सम्भावित दुर्घटनाको पूर्वसूचना हुन्। […]