तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

  ।   २०७७ भाद्र ९, मंगलवार ०७:३६

काठमाडौं । उत्तरी बंगालको खाडीमा रहेको न्यून चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट आएको जलवाष्फ युक्त हावाको प्रभावका कारण हाल नेपालमा वर्षा भइरहेको छ ।

मंगलबार बिहान (अहिले) देशभर सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको विभागले देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ । बाह्रखरी

Next Post

आजदेखि पाँचौं चरणको उद्धार, दैनिक पाँचसय मात्रै ल्याइने

२०७७ भाद्र ९, मंगलवार ०७:३६
काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार पाँचौै चरण अन्तरगत आजदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्धार गरिने तालिका सार्वजनिक गरिएको हो। नयाँ तालिकाअनुसार आज साउदी अरेबियाबाट एयर अरेबियाले उडान गर्नेछ। यस्तै […]