नेपालमा बिहीबार थप एक हजार तीन सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि, दुई हजार एक सय ११ जना निको भइ डिस्चार्ज

  ।   २०७७ मंसिर १८, बिहीबार १८:१२

काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड– १९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३७ हजार पाँच सय ८९ पुगेको छ । बिहीबार थप एक हजार तीन सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय ११ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २० हजार एक सय ६१ पुगेको छ ।

अब नेपालमा १५ हजार सात सय ६६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय ७६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १३ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय ५१ पुगेको छ ।

Next Post

विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख १० लाख नाघ्यो

२०७७ मंसिर १८, बिहीबार १८:१२
नेपालन्ज । विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख १० लाख नाघेको छ । दुई सय १८ वटा देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १० हजार सात सयभन्दा धेरैको ज्यान गएको वर्ल्डोमिटरले जनाएको छ । अहिलेसम्म विश्वका ६ करोड ५४ लाख ९६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि […]