बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी सुधार्ने अभियान अन्तर्गत नगरभित्रका सहकारीहरुमा अनुगमन गरिरहेको छ ।
सहकारीहरुलाई विधिसम्मत संचालनार्थ सचेत बनाउँदै आएको सहकारी शाखाले यस वर्ष पनि अनुगमन गरिरहेको हो । सहकारी शाखाले चालू आर्थिक वर्षमा पनि सहकारीहरुको अनुगमन गरिरहेको सहकारी शाखा प्रमुख प्रविण रानाले बताउनु भएको छ ।
आज नेपालगञ्ज-१० आदर्शनगरस्थित इन्द्रावती बचत तथा ऋण सहकारी संस्थामा अनुगमन गरिएको छ । केही कैफियत भेटिएको उक्त सहकारीलाई सचेत बनाइएको रानाले बताउनु भयो । समग्रमा इन्द्रावती सहकारीको अवस्था ‘सुधारोन्मुख’ देखिएको रानाको भनाई छ । डकुमेन्टेशन व्यवस्थापन, कार्यविधि तथा ऐन-नियम निर्माण, खर्च कटौती लगायतका विषयमा सुझाब दिइएको छ । इन्द्रावतीका प्रबन्ध सञ्चालक टि.बी थापा (प्रकाश) ले कैफियत सच्याउने प्रतिबद्धता ब्यक्त गर्नु भो। सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रवन्ध संचालक नवराज उपाध्याय, सहकारी शाखाकी तुलसा पन्थी आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित टोलीले अनुगमन गरेको हो ।
सहकारी शाखा प्रमुख रानाले सहकारीलाई विधिसम्मत चलाउन सचेतीकरण गर्दै आएको बताउँदै अब पनि लापरबाही भेटिए सहकारी ऐन बमोजिम कारबाही गरिने प्रष्ट पार्नु भयो । उहाँले सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब ‘एक्सन’ मै उत्रेको बताउनु भयो।