कोरोना महामारी अझै एक वर्ष लम्बिने विज्ञहरुको घोषणा

  ।   २०७८ कार्तिक ४, बिहीबार ०७:४४

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको महामारी अझै कम्तिमा एक वर्ष रहने जनाएको छ । संगठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समयभन्दा निकै ढिलोसम्म रहीरहने चेतावनी दिनुभएको हो ।

विश्वमा कोरोना विरुद्धको खोपको असमान वितरण नैं महामारी नियन्त्रणको मुख्य चुनौती बनेको उहाँको तर्क छ । डब्लुएचओका अनुसार अफ्रिकी महादेशमा अहिले ५ प्रतिशतले मात्रै कोरोना विरुद्धको खोप पाएका छन् ।

जबकी अन्य महादेशमा यो संख्या कम्तिमा ४० प्रतिशत माथि छ । यसको अर्थ सन् २०२२ भर पनि विश्वमा कोरोना महामारी रहिरहने देखिएको छ । विश्वका सम्पन्न तथा खोप उत्पादनमा अगाडी रहेका मुलुकहरुले गरिब देशहरुमा खोपको आपुर्ती नबढाउने हो भने कोरोना भाइरसमाथि जित हात पार्न नसकिने पनि डब्लुएचओको ठम्याई छ ।

Next Post

एमाले स्थायी कमिटीको बैठक आज बस्दै, राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने

२०७८ कार्तिक ४, बिहीबार ०७:४४
काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो ३ बजे बस्ने बैठकका लागि पाँचवटा एजेण्डा तय भएका छन्। असोज १५ देखि १७ मा सम्पन्न विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गतेका लागि तय भएको पालिका अधिवेशन तथा मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको […]