बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु

  ।   २०७७ भाद्र २२, सोमबार ०८:५७

नेपालगञ्ज । बाँकेमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का ५९ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

मृतकलाई तीन वर्षदेखि मुटुरोग को समस्या रहेको उपचारमा संलग्न चिकित्सकले बताएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा गएराति साढे ८ बजे मृत्यु भएको श्रेष्ठले बताउनुभयो ।

भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि उनको कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो। १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।

यो सँगै बाकेमा कोरोना सक्रमणबाट मुत्यु हुनेको संख्या सात पुगेको छ।

Next Post

अब देशभर रहेका जग्गाको कित्ताकाट गर्न पाइने

२०७७ भाद्र २२, सोमबार ०८:५७
सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । २०७४ सालदेखि बन्द रहेको जग्गाको कित्ताकाट खुल्ला गरेको भूमि व्यवस्थापन महाशाखाले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गएको बिहीबार जग्गाको कित्ताकट खुला गर्ने निर्णय गर्नुभएको महाशाखाले जनाएको छ । यसअघि जग्गाको कित्ताकाट बढ्दा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले […]