बालविवाह विरुद्ध सचेतना फैलाउन घरदैलो तथा भेटघाट सम्पन्न

  ।   २०८० माघ ७, आईतवार २०:४२

नेपालगन्ज । बर्दिया जिल्लाका किशोरीहरु बालबिबाह बिरुद्दको सचेतना फैलाउनकालागि घर दैलो तथा र्याली कार्यक्रम संचालनमा आफै सक्रिय हुन थालेका छन । गुलरिया नगरपालिका वडा नम्बर १२ को भैसाही गाउँमा बालबिबाह रोकथाम, छोरा छोरी बराबरी, छोरीलाई विवाह होईन शिक्षाको जरुरी सम्बन्धि नारा लेखिएका प्लेकाड सहित किशोरीहरु घरघरमा पुगेका छन् ।

घरदैलो भेटघाट तथा र्याली पछि माघीको अवसरमा भव्य जनचेतना सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सो सांस्कृतिक कार्यक्रममा वडा बालअधिकार समितिका सदस्य वडा तथा वडा सदस्य घोशु थारु र भारती बिकले सामाजिक मूल्य मान्यता र परम्परा अनुसार थारु, मधेशी र दलित समुदादयमा बढि बाल बिबाह हुने गरेकाले यसलाई रोक्नका लागि यस्ता खालका सचेतनामुलक कार्यक्रमहरु बढी केन्द्रित गर्नु पर्ने बताउनु भयो ।वडा बालअधिकार समितिका सदस्य थारुले समुदायमा विभिन्न सचेतना कार्यक्रम संचालनका लागी गैर सरकारी संस्थाहरु बाँके युनेस्को क्लव, लगायतले धेरै सहयोग गरेको बताउनु भयो ।

उहाँले थप्नुभयो–‘अब हामीले बाहिर एक भित्र अर्को ब्यबहार गर्ने सोच भए यो अभियानमा उपस्थिति हुनु र नहुनुमा कुनै अर्थ राख्दैन । हामिले हाम्रो जिवनमा हाम्रो स्वास्थ्यको ख्याल गर्ने हो भने कानुनले बिबाह गर्न तोकेको उमेरलाइ ध्यान दिनुपर्ने हुन्छ ।’
बालबिवाह बिरुद्धको सचेतना कार्यक्रमलाइ वडा बाल अधिकार समितिले टोल टोलमा लैजाने र आगामी दिनमा यस वडालाई बालश्रम मुक्त वडा घोषणाको तयारी गरेको भारती बिकले बताउनु भयो । बाँके युनेस्को क्लवका कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले बालबिवाह मुक्त वडा घोषणाको पनि तयारी गरेर घोषणा गरिने प्रतिबद्धता जनाउनुभयो ।

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लवको साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तरगत प्रगतिशील किशोरी क्लब र परिवर्तनका सम्वाहक समुहको सयुक्त आयोजनामा बालबिवाह बिरुद्धको सचेतना अभिवृद्धि कार्यक्रम गुलरिया नगरपालकाको वडा नं १२ मा सम्पन्न भएको थियो । कार्यक्रममा किशोरी, बालक्लव र परिवर्तनका सम्वाहक समुहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Next Post

एस ई ई परिक्षा चैत्र १५ देखि सुरु हुने

२०८० माघ ७, आईतवार २०:४२
बाँके : माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते शुरु हुने भएको छ एसईई चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको हो। आज (आइतवार) बसेको परीक्षा बोर्डको बैठकले एसईई सो मितिमा गर्ने निर्णय गरेको हो। बोर्ड अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षाका बीचमा होली/फागु पर्व […]