लियोको तीज टिकटक प्रतियोगीता सम्पन्न

  ।   २०७७ भाद्र ६, शनिबार १४:४५

नेपालगन्ज । लियो क्लब अफ नेपालगन्जको आयोजनामा अनलाईन तीज टिकटक प्रतियोगीता सम्पन्न भएको छ ।

साउन २२ गते देखि शुरु भएको प्रतियोगीता भदौको ४ गतेसम्म सञ्चालन भएको थियो । अनलाइन टिकटक प्रतियोगीतामा लाइक सेयर, प्रस्तुति र निर्णायकको निर्णय अनुसार विजयता निर्णय गरिएको थियो । लियो क्लब अफ नेपालगन्जको आयोजनामा सम्पन्न प्रतियोगीतामा ३७ जना सहभागि रहेका थिए र सहभागी सबैलाई सहभागीताको प्रमाण पत्र दिइएको कार्यक्रम संयोजक लियो समिक्षा बस्यालले बताउनुभयो ।
हाम्रो वेबटेकसँगको प्राविधिक समन्वयमा भएको कार्यक्रममा फेसबुक एनेलिटिक्सको माध्यमबाट लाइक सेयर सर्भे गरिएको हाम्रो वेबटेकका एनेलिटिक्स संयोजक सुवास बुढाले बताउनुभयो ।

टिकटक प्रतियोगीतामा क्लब प्यानलको तर्फबाट लियो विष्णु जोशी, जिल्ला परिषद्को तर्फबाट लियो हिमाञ्चल बर्नवाल निर्णायकको भुमिकामा रहनुभएको संयोजक बस्यालले बताउनुभयो । कार्यक्रममा हेटौँडाकी मेनुका लामा ब्लन प्रथम र नेपालगन्जकी तारा रोकाया द्वितीय स्थान हात पार्न सफल हुनुभएको थियो ।

Next Post

६३४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र २१६ जना

२०७७ भाद्र ६, शनिबार १४:४५
नेपालगन्ज । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । यससँगै कुल संक्रमितको संख्या ३१ हजार […]

सम्बन्धित शीर्षक