राष्ट्रिय सभाको बैठक बस्ने, यस्तो छ कार्यसूची

  ।   २०७८ श्रावण २६, मंगलवार ०७:१७

काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्ने छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने छन् ।

‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि आजको बैठकमा पेश हुने कार्यसूची छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि आजको बैठकमा पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, २०७६ पनि छलफलका प्रस्ताव गरिने र पारित गर्नका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

Next Post

शाखा अधिृकतको विज्ञापन तत्काल अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

२०७८ श्रावण २६, मंगलवार ०७:१७
काठमाडौं । सर्वोच्च अदाललते लोक सेवा आयोगले सङ्घको शाखा अधिृकतमा पदका लागि गरेको खुला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी र डा। कुमार चुडालको संयुक्त इजलासले सोमबार २०७६ माघमा ५६० र २०७७ माघमा ११४ गरी ६७४ रिक्त पद पूर्तिका लागि आयोग […]