पछिल्लो २४ घण्टामा बाँकेका ३६ जनामा कोरोना पुष्टि, १८ जना डिस्चार्ज

  ।   २०७७ कार्तिक १२, बुधबार २१:०८


बाँके । बाँके जिल्लामा कोभिड– १९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या तीन हजार ४० जना पुगेको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार बुधबार ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा १९५ जनाको नमुना सङ्कलन भएको हो । त्यस्तै गएको २४ घण्टामा १८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६७८ पुगेको छ ।

अब बाँके जिल्लामा ३३२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा बिरामी निको हुने दर ८८.०९ प्रतिशत, मृत्यु दर ०.९९ प्रतिशत र रोगको प्रकोप दर ०.५१ प्रतिशत रहेको डीसीसीएमसी बाँकेले जनाएको छ ।

 

 

 

 

 

 

Next Post

बाँके जिल्लाबाट आज थप ३४ जना कोरोना जितेर घर फर्किदै

२०७७ कार्तिक १२, बुधबार २१:०८
बाँके । बाँके जिल्लाबाट आज (बिहीबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ३४ जना निको भइ डिस्चार्ज हुँदैछन् । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १३ जना महिला र २१ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या दुई […]