प्रदेश राजधानी कार्यान्वयन हुनु मुख्य उपलब्धी : लुम्बिनी प्रदेश सरकार

  ।   २०७९ पुष १२, मंगलवार १७:५२

संवाददाता, देउखुरी, दाङ

लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी कार्यान्वयनको विषयलाई मुख्य उपलब्धीको रुपमा लिएको छ ।

प्रदेश सरकारका गौरवका आयोजनाको बारेमा जानकारी दिन आज आयोजना गरिएको कार्यक्रममा यस विषयलाई मुख्य उपलव्धीका रुपमा लिईएको जानकारी दिईयो ।

गौरवका आयोजनाका रुपमा रहेको लुम्बिनी प्राविधिक विश्व विद्यालय बाँकेको खजुरामा स्थापना गरी काम तिव्रताका साथ अघि बढाइएको, लुम्बिनी प्रदेशको प्रादेशिक अस्पताललाई विशेषज्ञ देशकै नमूना अस्पताल निर्माण बजेट नीति अनुसार काम अघि बढाइएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागु गरी प्रदेशका एकसय नौ वटै स्थानीय तहमा कार्यान्वयन गर्दा यस्ले सकरात्मक परिणाम दिएको निष्कर्ष प्रदेश सरकारको छ ।

लुम्बिनी प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल) ले सरकारले यातायात सेवाको विस्तार गरेको, स्वास्थ्य र शिक्षा क्षेत्रमा नमूनाका कामहरु गरेको उल्लेख गर्नुभयो । बर्तमान सरकारले पाँचबर्षे कार्यकालकै स्वामित्व लिन तयार हुनुपर्ने भन्दै उहाँले शुन्यबाट शुरु भएको प्रदेश सरकार र प्रदेश सभाका कामहरु अब सुविधा सम्पन्न र आफ्नै भवनबाट गर्ने गरी काम गरिएको बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री शर्माले लुम्बिनी प्रदेश सरकारको पाँच बर्षे कार्यकाल राजधानी कार्यान्वयनमै रहेपनि भौतिक पुर्वाधारको क्षेत्र र जनजीविकाका सवालमा गरेका कामलाई लिपीबद्ध प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा जेष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले नयाँ र सबैको पायक पर्ने स्थानमा प्रदेशको राजधानी तोकेर हिम्मतका साथ काम गर्नु नै प्रदेश सरकारको मुख्य उपलव्धीको रुपमा आफुले लिएको बताउनुभयो ।

मानसिंह विश्वकर्मा (प्रेस संयोजक) को सहयोगमा…

Next Post

प्रधानमन्त्रीको सपथ ग्रहणमा हिडेकी सांसद नमुना जनताको गुनासो लिएर टेलिकम कार्यालयमा किन ?

२०७९ पुष १२, मंगलवार १७:५२
बाँके । राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सबै क्षेत्रमा गुणस्तरीय टेलिफोन सेवाका लागि प्रदेश सांसद कृष्णा केसी (नमुना)ले पहल थाल्नु भएको छ । दुबै पालिकाका सबै वडा तथा राजमार्गहरुमा समेत गुणस्तरीय टेलिफोन सेवाका लागि उहाँले पहल थाल्नु भएको हो । सोही बिषयमा सोमबार नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेलसँग भेट गरेर […]