मानव सेवासँग जोडियो पत्रकार सबिताको जन्मदिन: मानव सेवा आश्रममा ९६ आश्रितलाई भोजन

  ।   २०८३ भाद्र ६, शनिबार २३:२४

 

 

गुडन्युज सम्बादाता 

नेपालगन्ज । पत्रकार तथा सञ्चार संवादकी उपाध्यक्ष सबिता चन्दले आफ्नो जन्मदिन फरक र प्रेरणादायी शैलीमा मनाउनु भएको छ । उहाँले बाँकेको मानव सेवा आश्रममा आश्रित ९६ जना नागरिकलाई भोजन गराएर जन्मदिनलाई मानव सेवासँग जोड्दै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्नु भएको हो ।

 मानव सेवा आश्रम बाँके शाखामा आयोजित कार्यक्रममा पत्रकार चन्दले दीप प्रज्ज्वलन गरी जन्मदिन मनाउनु भयो । आश्रमका सहसंयोजक विष्णु घर्तीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै सबिता चन्दले जन्मदिन व्यक्तिगत खुसीको दिन मात्र नभई समाजका असहाय, बेसहारा र अभिभावकविहीन नागरिकसँग खुसी साट्ने अवसर पनि भएको बताउनु भयो । उहाँले मानव सेवाभन्दा ठूलो सेवा अर्को नभएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । आश्रमका सहसंयोजक विष्णु घर्तीले जन्मदिनको अवसरमा आश्रममा आएर भोजन गराउनु र आश्रितहरूसँग समय बिताउनु अत्यन्त प्रेरणादायी कार्य भएको बताउनु भयो । उहाँले समाजका अन्य व्यक्तिहरूलाई पनि जन्मदिन, वैवाहिक वर्षगाँठ वा अन्य विशेष अवसरलाई मानव सेवासँग जोड्न आग्रह गर्नु भयो ।कार्यक्रममा सञ्चार संवादका महासचिव केपी घिमिरे सहित विभिन्न सञ्चारकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । उपस्थित पत्रकारहरूले सबिता चन्दको सामाजिक पहलको प्रशंसा गर्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गरेका थिए ।

मानव सेवा आश्रमले सडक आश्रित, असहाय तथा बेवारिसे नागरिकहरूको संरक्षण, पालनपोषण र पुनर्स्थापनाका लागि निरन्तर सेवा गर्दै आएको छ । पत्रकार सबिता चन्दको यो जन्मदिन उत्सवले “खुसी बाँड्दा अझ बढ्छ” भन्ने सन्देशलाई व्यवहारमा उतारेको सहभागीहरूले बताएका छन् ।

Next Post

A Simple Approach to Handling a Casino Dispute

२०८३ भाद्र ६, शनिबार २३:२४
When you play at an online casino, the experience is meant to be seamless, but occasionally a conflict may occur between you and the operator mrvegascasino.no. Whether the issue is about a delayed payment, a voided bonus, or a unclear promotional term, the way you handle the situation can determine […]