– बाँकेका विभिन्न घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका अभियुक्तहरु ।
फोटो सौजन्य : जिल्ला प्रहरी कार्यालय, बाँके…
संवाददाता, नेपालगन्ज ।
गत भदौ महिनामा मात्र बाँके प्रहरीले २ सय ४१ जना अपराधी र अभियुक्तलाई पक्राउ ग¥यो । यीमध्ये अदालतबाट फैसला भएर फरार भएका २ सय २८ जना अपराधी हुन् ।
भदौमा मुद्दा मुलतबीमा रहेका ७ जना र विचाराधीन मुद्दाका फरार अभियुक्त ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर मुद्दा प्रक्रियामा मद्दत ग¥यो ।
नेपाल प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका, अपहरणमा संलग्न, कर्तव्य ज्यान मुद्दा, वन्यजन्तु, लागू औषध, ठगी र हातहतियार तथा खरखजना सम्बन्धी मुद्दाका फरार अभियुक्तहरु पक्राउ गरेको हो ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर राना भन्नुहुन्छ, ‘छोटो अवधिमा यति धेरै फरार अपराधी र अभियुक्त पक्राउ गरेको देशकै सबै जिल्लाभन्दा बढी हो ।’
प्र्रहरी प्रमुख राना लकडाउनको अवधिभर प्रहरीले कोरोना कहरको डरत्रास छोडेर अपराधीको खोजीमा लागेको बताउनुहुन्छ ।
नागमणि भनी २ करोड ५० लाख रुपैयाँ ठगी गर्ने, ३४ किलो अफिमसहित पक्राउ परेका थिए । प्रहरी सक्रियता भएपछि ६० जना अभियुक्तहरुले त अदालतमा आत्मसमपर्ण पनि गरेका थिए । ५ सय जनाको हाराहारीमा भारतमा लुकीछिपी बसेका थिए ।
असारदेखि पुसको झन्डै तेस्रो सातासम्म प्रहरीले ४ सय ७९ जनालाई पक्राउ गरेको छ । असारमा ८, साउनमा ५६, असोजमा ६६, कार्तिकमा ३२, मंसिरमा ५८ र पुस महिनामा १३ जना पक्राउ परेका थिए ।
यसरी पक्राउ पर्नेमध्ये ३ सय ८४ जना त अदालतबाट फैसला भए पनि फरार भएका व्यक्ति थिए । ४१ जना मुलतबीमा रहेका र ५४ जना चालु मुद्दाका हुन् ।
प्रहरी सक्रियतामा गत वर्षको तुलनामा राजस्वमा पनि वृद्धि भएको छ । यो वर्ष ३ करोड ५५ लाख ८६ हजार राजस्व संकलन भएको जिप्रका बाँकेले जनाएको छ । जबकी गत वर्ष २ करोड १२ लाख ८६ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको थियो ।
तस्करी निकासी र पैठारी गर्ने मानिस तथा सवारी साधनबाट प्रहरी सक्रियतामा एक करोड ८८ लाख ४४ हजार रुपैयाँ राजस्व असुली गरेको थियो ।
यही अवधिमा ट्राफिक प्रहरीले मात्र एक करोड ७ लाख ४६ हजार रुपैयाँ राजस्व असुल गरेको छ । कोरोना कहरमा मास्क प्रयोग नगर्नेबाट २ सय ५० जनाबाट २ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
३३ लाख ३० हजार रुपैयाँसहित जुवाडेलाई पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरी प्रमुख राना अनुसन्धान प्रक्रियालाई सहज बनाउन जिल्लामा ८७ वटा सिसिटिभी जडान गरिएको बताउनुहुन्छ ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका, खजुरा, बैजनाथ गाउँपालिको सम्झना चोक, डुडुवा, खजुराको धनौली लगायतका स्थानमा सीसीटिभी जडान गरिएको छ ।
जसमध्ये ६४ वटा चालु अवस्थामा छन् । हराएका ३ वटा मोटरसाइकल र ९ वटा हराएकाृ मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ ।
रातिको समयमा होहल्ला गर्ने २ सय ४२ जनालाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाएको थियो । कोरोना कहरमा बाँके प्रहरीले अपराध नियन्त्रण, अपराधी पक्राउ र शान्ति सुरक्षा कायम गर्ने कार्यको सर्वसाधारणले प्रशंशा गरेका छन् ।
तथ्यांक हेर्नुहोस यस्तो छ ।
गुडन्युज साप्ताहिकबाट
#अपराधी #प्रहरी #बाँके