माओवादी केन्द्रको परामर्श बैठकः सुदूरपश्चिम प्रदेशका ६३ नेताले दिए सुझाव

  ।   २०८१ भाद्र १३, बिहीबार १५:०१

धनगढी, । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठक आज सकिएको छ ।

हिजोदेखि सुरु भएको बैठकमा यस प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसंगठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिंदै प्रदेशका नेताहरुले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्ययोजना ल्याउन नेतृत्वलाई आग्रह गरे । बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीहरुले पनि सम्बोधन गर्नुभएको थियो ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक सुरु गरिएको जनाएको छ । जसअनुसार सदूरपश्चिमसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेश गरी पाँच प्रदेशको परामर्श बैठक सम्पन्न भइसकेको छ । भोलिबाट कर्णालीको प्रदेशस्तरीय परामर्श बैठक सुर्खेतमा तय गरिएको छ ।

प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ।

Next Post

नाला सफाईसंगै पानी जम्न नदिन कामका लागि नगद क्रियाक्लाप

२०८१ भाद्र १३, बिहीबार १५:०१
नेपालगन्ज,। बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा स्थानीयलाई बाढी र डुबानबाट जोगाउन कामको लागि नगद क्रियाक्लाप सञ्चालन गरेको छ । युके एड र स्टार्ट फण्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले बाँके र बर्दियामा सञ्चालन गरेको ‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ […]