लागुऔषध मुद्दा : दीपीका, सारा, श्रद्धा र रकुललाई एनसीबीले सोधपुछको लागि बोलायो

  ।   २०७७ आश्विन ७, बुधबार २२:०५

एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले लागुऔषध मुद्दामा बलिउडका अभिनेत्रीहरुलाई सोधपुछको लागि बोलाएको छ । एनसीबीले अभिनेत्री दीपिका पदुकोण, सारा अली खान, श्रद्धा कपुर, रकुल प्रित सिंह र फेसन डिजाइनर सिमोन खम्बाटालाई बोलाएको हो ।

एनसीबीले अभिनेत्री दीपिकालाई २५ सेप्टेम्बरमा बोलाएको छ । अहिले दीपिका गोवामा छिन् र एनसीबीमा आफ्नो बयान दर्ता गर्न उनी चाँडै नै मुम्बई आउने छिन् । यस्तै रकुल र सिमोनलाई २४ सेप्टेम्बर र श्रद्धा र सारालाई २६ सेप्टेम्बरमा मुम्बईस्थित एनसीबीको प्रधान कार्यालय बोलाएको छ ।

एनसीबीले हालसम्म यस मुद्दामा रिया चक्रवर्ती, उनका भाई सोविक चक्रवर्ती, सुशान्तका अपार्टमेन्ट म्यानेजर शम्युएल मिरान्दा र उनको घरमा कर्मचारी दीपेश सावन्तलाई पक्राउ गरेको छ ।

सुशान्तको मृत्यु प्रकरणमा लागुऔषध सम्बन्धमा अनुसन्धान गर्दै एनसीबीले यसअघि दीपिकाका प्रबन्धक करिष्मा प्रकाश र क्वान ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीका सीईओ ध्रुव चितगोपेकरलाई सोधपुछको लागि बोलाइसकेको छ ।

एनसीबीले ह्वाट्स एप म्यासेजमा लागुऔषध किनबेचको कुरापछि सोधपुछको लागि बोलाएको हो । जसमा दीपिकाले उनकी म्यानेजर करिष्मालाई लागुऔषध पठाउन च्याट गरिएको थियो, भने अन्यसँग रियाको ह्वाट्स एप ग्रुपमा लागुऔषधबारे कुराकानीको आधारमा बोलाएको हो । बाह्रखरी

Next Post

साफका सबै उमेर समूहका प्रतियोगिता स्थगन

२०७७ आश्विन ७, बुधबार २२:०५
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ । महासंघले हिजो बुधबार सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरुसित छलफल गरेपछि साफ च्याम्पियनसिप अन्तर्गतका सबै उमेर समूहका प्रतियोगिता स्थगन गर्ने निर्णय गरिएको जनाएको छ । अब सन् २०२० मा तय […]

सम्बन्धित समाचार