लैङ्गिक विभेद न्यूनीकरण गर्दै सबै विद्यार्थीहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्नुपर्नेमा जोड

  ।   २०८२ जेष्ठ ३०, शुक्रबार १३:०४

नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत खानेपानी, सरसफाइ तथा स्वच्छता, लैङ्गिक समानता, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।बाँके युनेस्को क्लब र मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सो अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा वाश समितिका सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघका प्रतिनिधिहरू र बाल क्लबका सदस्यहरू गरी ४५ जनाको सहभागीता रहेको थियो । कार्यक्रमको उद्देश्य विद्यालयका नीतिहरू, भौतिक संरचना र अभ्यासमा लैङ्गिक समानता प्रवद्र्धन गर्नु, विद्यालयका निर्णय प्रक्रिया र गतिविधिमा बालिका, सीमान्तकृत लैङ्गिक पहिचान भएका व्यक्तिहरू तथा पछाडि पारिएका समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नु, लैङ्गिक विभेद न्यूनीकरण गर्नु तथा सबै विद्यार्थीहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्नु रहेको बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिकले बताउनुभयो ।कार्यक्रममा मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले विद्यालयमा सम्भावित विपद् (जस्तै भूकम्प, बाढी) का बारेमा जानकारी गराउँदै विद्यालय सुरक्षा योजना र आपतकालीन तयारी सम्बन्धी आधारभूत जानकारी, विद्यालय सुधार योजनामा जोखिम न्यूनीकरणका उपायहरू समावेश गर्ने तरिका, जलवायु परिवर्तनका असर सम्बोधन गर्ने र हरित विद्यालय प्रवद्र्धन गर्ने जस्ता विषयमा अभिमुखीकरण गर्नुभएको थियो ।

साथै उहाँले विद्यालय पाठ्यक्रम र गतिविधिमा जलवायु परिवर्तन सम्बन्धि शिक्षालाई पनि समावेश गर्न प्रोत्साहन गर्नुभएको थियो ।सो अभिमुखीकरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ र वाश समितिको विद्यालयलाई समावेशी, सुरक्षित र दिगो बनाउने भूमिकाका बारेमा विशेष जोड दिइएको थियो ।

कार्यक्रममा परियोजना संयोजक ईश्वर बिकले सुरक्षा परियोजनाको उद्देश्य, लक्ष्य र विवरण प्रस्तुत गर्नुभएको थियो भने फिल्ड सुपरभाइजर सबित्रा भट्टले कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्नुभएको थियो ।

Next Post

मानव बेचबिखन न्यूनीकरणमा जिम्मेवार निकायहरूको भूमिका अहम रहेको ठहर

२०८२ जेष्ठ ३०, शुक्रबार १३:०४
नेपालगन्ज । बाँके युनेस्को क्लब र बर्दिया मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवालाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । क्लबद्धारा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरक्रिया आयोजना गरिएको हो । कार्यक्रममा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरी, वडाध्यक्षहरू, […]