नेपालगन्ज नेपाल उद्योग वाणिज माहासंघको सुुझाव अनुसारनै डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको छ ।
महासंघले विद्युत महशुुल दर घटाउने तथा डिमाण्ड शुल्क नबढाउने सम्बन्धमा विद्युत नियमन आयोगले गरेको निर्णयको स्वागत गरेको छ।<span;>कोभिडको संकटमा रहेको उद्योग व्यवसायलाई यसले थप राहत पुुग्ने महासंघको विश्वास छ।
विद्युत डिमाण्ड शुल्क बृद्धि नगर्न महासंघले पटक पटक अनुरोध गर्दै आएको उल्लेख छ । यस सम्बन्धमा गएको असोज १२ गतेमात्रै उर्जा मन्त्रीलाई सुुझाव दिइएको महासंघले जानकारी दिएको छ।
यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केहीमात्रा भएपनि सहयोग पुग्ने महासंघको विश्वास छ।
<span;>विद्युत खपत बढाउन औद्योगिक ग्राहकका लागि महशुुल अझ सस्तो हुुनुुपर्ने महासंघको भनाई छ। यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनिकरणमा समेत सहयोग उल्लेख छ।