अमेरिकामा फेरि कोरोना सङ्क्रमण फैलने चेतावनी, मास्कलाई अनिवार्य गर्न सुझाव

  ।   २०७८ श्रावण ११, सोमबार ०७:४४

काठमाण्डौ । अमेरिकामा फेरि कोरोनाको सङ्क्रमण फैलने चेतावनी दिइएको छ ।

वरिष्ठ स्वास्थ्य विज्ञ एन्थनी फासीले कोरोना महामारीको रोकथामका लागि अमेरिका गलत दिशातर्फ अगाडि बढिरहेको भन्दै खोप कार्यक्रमलाई व्यापकता बनाउनु पर्ने बताउनु भएको छ ।

कोरोना विरुद्धको खोप नलगाएकाहरुमा सङ्क्रमण बढ्दै गएकाले अवस्था फेरि भयावह हुन सक्ने उहाँको चेतावनी छ । अमेरिकामा कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकाले फेरि सबैजनाले मास्क अनिवार्य लगाउनु पर्ने बेला आएको उहाँको भनाइ छ । यसका लागि उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ ।

खोपको दोस्रो डोज लगाएकाहरुलाई पनि मास्क अनिवार्य गर्नु पर्ने उहाँको सुझाव छ । राष्ट्रपति जो बाइडेनका मुख्य चिकित्सा सल्लाहकार समेत रहेका फासीले लस एन्जलस, काउन्टीलगायत क्षेत्रमा अहिले सङ्क्रमण बढिरहेको पनि बताउनु भएको छ ।

कोरोना विरुद्धको खोप नलगाएकाहरुले स्वास्थ्यका मापदण्ड पालनामा ध्यान नदिँदा समस्या भएको भन्दै उहाँले खोप लगाउन पनि अनुरोध गरेका बीबीसीले जनाएको छ । अमेरिकामा रोग प्रतिरोधात्मक प्रणाली कमजोर भएका, दीर्घरोगी तथा क्यान्सर र अङ्ग प्रत्यारोपण गरेका व्यक्तिहरुमा डेल्टा भेरियन्टको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।

Next Post

तामाकोसी पाँचौँमा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने

२०७८ श्रावण ११, सोमबार ०७:४४
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोसी पाँचौँमा १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ। रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोसीमा एकलौटी लगानी गरेको कोषले तामाकोसी पाँचौँमा एक्लै लगानी गर्न लागेको हो। लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा आइतबार हस्ताक्षर गरियो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री […]

सम्बन्धित शीर्षक