नरैनापुर गाँउपालिका सुख्खा क्षेत्र घोषणा, बिशेष राहतको प्याकेज ल्याउन माग

  ।   २०७९ श्रावण २६, बिहीबार २०:३७

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । प्रयाप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउदै गाँउपालिका अध्यक्ष शाहले प्रशस्त पानी नपरेकाले धान रोपाई हुन सकेको छैन भने बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको छ ।

बढदो गर्मीसंगै उक्त क्षेत्रमा पानी नपरे पछि कृषि योग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेपछि नरैनापुरमा पानीको हाहाकार हुदा सो पालिकालाई
सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेतले बताए।

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा आज बिहिरबार बसेको आकस्मिक वैठकले सो निर्णय गरेको हो । किसानहरुको लागि सिचाईको लागि व्यापक डिप बोरींग लयायत अन्य वैकल्पिक व्यवस्था गर्न, सिचाईको लागि किसानहरुलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, किसानहरुको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न बैठकमा कुरा उठेको बताउदै नरैनापुर ४ का अध्यक्ष मनोज शर्माले प्रसस्त पानी नपारेका कारण धान रोपाई हुन नसकेको बताए ।
सुख्खा क्षेत्र घोषणा भईसकेकोले किसानहरुका लागि बिशेष राहतको प्याकेज ल्याउन प्रदेश र संघीय सरकारसँग गाँउपालिकाले आग्रह गरेको छ। खडेरीले गर्दा कृषिमा आश्रित वहुसंख्यक जनताको जीवन कष्टकर बन्दै गएको अबस्थाप्रति प्रदेश र सघीय सरकारको यथेष्ट ध्यान पुग्न जरुरी छ ।
यसैगरी आज बसेको बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिनुभयो ।

Next Post

कतार च्यारिटीद्धारा बाँके युनेस्कोमार्फत विपन्न परिवारलाई मौरीपालनमा सहयोग

२०७९ श्रावण २६, बिहीबार २०:३७
नेपालगञ्ज । बाँकेका विपन्न, जोखिममा परेका तथा सीमान्तकृत परिवारलाई मौरी पालनका लागि कतार च्यारिटीले बाँके युनेस्को क्लबमार्फत सहयोग गरेको छ । क्लबले जिविकोपार्जनका लागि मौरी पालन परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र खजुरा तथा डुडुवा गाउँपालिकाका ६ विपन्न परिवारलाई मौरी पालनका लागि विभिन्न सहयोग गरेको हो । हरेक परिवारलाई मौरी भरिएका […]

सम्बन्धित शीर्षक