खेलकुदका गतिविधि मार्फत युवा र विद्यार्थीलाई प्रोत्साहन गर्न ७५ लाख रुपैयाँ बजेट

  ।   २०८० आश्विन १०, बुधबार १२:३४

फोटो : कोहलपुर नगरपालिका नगरकार्यपालिकाको कार्यालय रहेको प्रशासनिक भवन ।।

प्रेम विश्वकर्मा, बाँके

बाँकेको कोहलपुर नगरपालिकाले युवालाई लक्षित गरी खेलकुद गतिविधि सञ्चालनका लागि चालु आर्थिक बर्ष २०८०-०८१ का लागि कुल ७५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

युवा तथा खेलकुद अन्तर्गत विनियोजन गरिएको बजेट अहिले वार्षिक क्यालेन्डर अनुसार कार्यान्वयनको चरणमा रहेको छ । जसमध्ये एउटा गोल्ड कप फुटबल प्रतियोगिता यही असोज २६ गतेबाट शुरु हुदैछ । जसको कुल बजेट २० लाख रुपैयाँ छ ।

खेलकुद गतिविधि मार्फत युवा, विद्यार्थीहरुलाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यका साथ आगामी फागुनमा उपमेयर छात्र क्रिकेट प्रतियोगिता आयोजना गरिदैछ । जसको लागि कुल बजेट ७ लाख रुपैयाँ रहेको छ ।

यसैगरी नगरस्तरिय फुटबल प्रतियोगिता सहकार्यका लागि १ लाख रुपैयाँ, खेलकुद सामाग्री ५ लाख रुपैयाँ, आत्मसुरक्षा तालिम १ लाख रुपैयाँ, जिल्ला खेलकुद सँग सहकार्य ५ लाख रुपैयाँ, नेपालगंज म्याराथन २ लाख रुपैयाँ, मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता १० लाख रुपैयाँ, युवा तथा खेलकुद प्रवद्र्धन सहकार्य ६ लाख रुपैयाँ, राष्ट्रिय क्रिकेट प्रतियोगिता १५ लाख रुपैयाँ र प्रशासनिक खर्च ३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

Next Post

बाँकेको कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन मन्त्री बस्नेतद्वारा शिलान्यास

२०८० आश्विन १०, बुधबार १२:३४
सुर्य प्रसाद धिताल नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नं. ५, बकसपुरमा कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको छ । कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको बुधबार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गर्नुभयो । मन्त्री बस्नेतले […]