अब्बल पत्रकार बन्नुहोस्: पुर्व उपसभामुख सुवेदी

  ।   २०८१ जेष्ठ १९, शनिबार २०:४४

नेपालगन्ज । ´तपाईहरु अब्बल पत्रकार बन्नुहोस्` नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पुर्व उपसभामुख पुर्ण कुमारी सुवेदीले प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको प्रशिक्षण कार्यक्रममा भन्नुभयो । नेपाल पत्रकार महासंघको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सो कुरा उहाँले भन्नुभएको हो ।

पुर्व उपसभामुख सुवेदीले पत्रकार महासङ्घमा लागेको ताल्चालाई इङ्गित गर्दै वर्ग विभाजित समाजमा पत्रकारिता पनि वर्गीय हुने भएकाले स्वतन्त्रता भनिए पनि कुनै न कुनै रुपमा कलम घुमिरहन्छ भन्दै उहाँले समाजलाई अग्रगामी दिशामा लैजाने काममा पत्रकारहरूलाई मोर्चा बनाउन आग्रह गर्नुभयो । ढुक्क भएर पत्रकारिता गर्नुहोस् भन्दै उहाँले सेन्टरमा आवद्ध सदस्यहरुलाई संगठनको हितमा एकमनका भएर लाग्न सुझाउनु भयो ।

सनिवार नेपालगन्ज उद्योग बाणिज्य संघको सभाहलमा भएको प्रशिक्षण कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सचिब सिराज खानले प्रेस सेन्टर क्रियाशिल पत्रकारहरुको संगठन भएको बताउनु भयो । सचिव खानले प्रेस सेन्टर बाँकेमा आवद्ध सबै पत्रकार कुनै न कुनै संचार गृहसँग आवद्ध भएर पत्रकारिता गर्ने गरेको कुरामा जोड दिनु भयो । त्यस्तै नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समिति संयोजक नरेन्द्र प्रसाद पाण्डे (जेम्स)ले पत्रकारहरुलाई एकताबद्ध भएर लाग्न निर्देशन दिनु भयो । संयोजक जेम्सले एकता बिना बल प्राप्त नहुने भन्दै सेन्टरका सबै सदस्य एकढिक्का भएर लाग्न जोड दिनुभयो । संगठनका सबै सदस्यले जनपक्षीय पत्रकारिता गरेर अगाडि बढ्नु आजको आवश्यकता भएको उहाँले बताउनु भयो ।

सेन्टरका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज डा. डक्टप्रसाद धितालले नेपाल पत्रकार महासंघ बाँके शाखामा आवद्ध सदस्यहरुको बारेमा बताउनु भयो । इन्चार्ज डा. धितालले सबै साथीहरू अनुशासनमा रहेर अगाडि बढ्न निर्देशन दिनु भयो । कार्यक्रममा प्रेस सेन्टर नेपालका नीति परामर्श समितिका सदस्य सुशील लामिछाने, केन्द्रिय सदस्य शिव सुनार, प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिब मो. आलम खान, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा लगायतका नेताहरूले प्रशिक्षणात्मक सन्देश दिनु भयो ।

प्रेस सेन्टर पालिकाका अध्यक्ष लगायत सबै सदस्यहरुले आआफ्ना सुझाव राख्नु भएको थियो । कार्यक्रमको अध्यक्ष प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष राजेश आचार्यले गर्नुभएको थियो भने कार्यक्रम संचालन सचिव केपी घिमिरेले गर्नुभएको थियो ।

Next Post

तोकिएको मितिमा महासंघको चुनाव गराउन ६ संगठनले गरे माग

२०८१ जेष्ठ १९, शनिबार २०:४४
नेपालगन्ज । नेपाल पत्रकार महासंघको २७अैा महाधिवेशनले ताेकेकाे मितिमा चुनाव सम्पन्न गर्न पत्रकार संगठनहरूले माग गरेका छन् । सनिवार एक संयुक्त विज्ञप्ति जारी गर्दै महासंघले विभिन्न बहानामा चुनाव नगर्ने षड्यन्त्र गरेको आशंका गर्दै ताेकिएकाे समयमा चुनाव गर्न माग गरेको हाे। महासंघको सदस्यता सुद्धिकरणबाट पत्रकार बाहेकका सदस्यकाे सदस्यता नवीकरण नगर्ने सिफारिस […]