नेता शर्माले गरे गम्भीर घाइते डागीको उद्धार

तारा एयर चर्टर गरि घाइते कोहलपुर मेडिकल कलेज

  ।   २०७७ फाल्गुन ३, सोमबार १९:४८

पश्चिम / रुखबाट लडेर टाउकोमा गम्भीर चोटलागेकी एक महिलाको उद्धार गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहका केन्द्रिय नेता पुर्व उर्जा तथा गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) को पहलमा उद्धार गरिएको हो ।

पार्टी कार्यक्रम चौरजहारीबाट फर्किनु भएका नेता शर्माले तारा एयर चार्टर गरि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको लागि पठाउनु भएको छ । सानोभेरी गाउपालिका वडा नम्बर ९ निवासी गंगा डागीको जंगलमा घाँस-दाउरा गर्न गएको बेला रुखबाट खसेर बेहोस भएको सिजन ओली र गोपाल शर्माले जानकारी दिनुभयो ।

स्थानीय बासी सिजन र गोपालले रुखबाट खसेको जानकारी पाउनासाथ फोनबाट गम्भीर घाइते डागीको बारेमा जानकारी गराएपछि तत्काल चार्टर गरेर नेपालगन्ज मेडिकल कलेज पठाएको नेता शर्माले आफ्नो समाजिक संजाल मार्फत बताउनु भएको छ ।

डागी गम्भीर घाइते भइ बेहोस भएको बेला शर्माले उद्धार गरेको देखेपछि स्थानीयहरुले “नेताहुनु त यस्तो हुनु” भन्दै शर्मा जस्तो नेता पाएकोमा खुशी भएको जनाएका छन् । गम्भीर घाइते डागी बेहोस अवस्थामा रहेको नेता शर्माको भिडियो रेकर्डले बताएको छ ।

उपचार गराउन नेता शर्माले आफ्नो स्वकीय सचिव श्रीकुमार कठाएतलाइ घाइते डागी संगै पठाउनु भएको छ । घआइते डागीको कोहलपुर मेडिकल कलेजमा उपचार  भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागु औषध कारोबारीको गिरोहमा प्रहरी नै संलग्न

२०७७ फाल्गुन ३, सोमबार १९:४८
संवाददाता, काठमाडौं । नेपालमा बढ्दो लागु औषध कारोबारमा एउटा डरलाग्दो दृश्य देखिएको छ । कारोबारीले प्रहरी अधिकृतलाई नै गिरोहमा आबद्ध गराउन थालेका छन् । पछिल्लो ६ महिनामा दुई प्रहरी अधिकृतको लागु औषध कारोबारमा संलग्नता देखिएको छ । जसमा एक इन्सपेक्टर र एक सइ छन् । गत साता लागु औषध नियन्त्रण ब्यूरो […]