लागु औषध कारोबारीको गिरोहमा प्रहरी नै संलग्न

  ।   २०७७ फाल्गुन ४, मंगलवार १३:२६

संवाददाता, काठमाडौं ।
नेपालमा बढ्दो लागु औषध कारोबारमा एउटा डरलाग्दो दृश्य देखिएको छ । कारोबारीले प्रहरी अधिकृतलाई नै गिरोहमा आबद्ध गराउन थालेका छन् ।

पछिल्लो ६ महिनामा दुई प्रहरी अधिकृतको लागु औषध कारोबारमा संलग्नता देखिएको छ । जसमा एक इन्सपेक्टर र एक सइ छन् ।

गत साता लागु औषध नियन्त्रण ब्यूरो (एनसिबी) ले ब्राउन सुगर कारोबारी गिरोहमा संलग्नता देखिएपछि सइ पवन श्रेष्ठलाई पक्राउ गरेको छ ।

उनको लागु औषध दुव्र्यसन र कारोबार दुवैमा संलग्नता देखिएको ब्यूरोले जनाएको छ । उनी प्रहरी प्रधान कार्यालयअन्तर्गत सुरक्षा सेवा महाशाखामा कार्यरत थिए ।

भिआइपीको सुरक्षाको जिम्मेवारी भएका उनी साँझ बिहान ब्राउन सुगर कारोबार गर्दथे । ब्राउन सुगरसहित पक्राउ परेका रिकेशसिंह ठकुरीको बयानका आधारमा उनी पक्राउ परेका हुन् ।

ठकुरीलाई ३८० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको थियो । सो ब्राउन सुगर आफुले सइ श्रेष्ठसँग लिएको उनको बयान थियो । अनुसन्धानमा त्यो पुष्टि भएपछि श्रेष्ठ पक्राउ परेका हुन् । हाल उनी ब्यूरोको हिरासतमा छन् ।

सो गिरोहका दीपक नेपालीलाई पनि प्रहरीले ६४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । ललितपुरका स्थानीय श्रेष्ठ कलेजदेखि नै दुव्र्यसनमा फसेका थिए ।

आफुलाई खर्च जुटाउन उनी कारोबारमा समेत लागेको पाइएको छ । गत असारमा प्रहरीका एक इन्सपेक्टर नै लागु औषध कारोबारीको गिरोहमा संलग्न रहेको पाइएको थियो ।

ललितपुर परिसरमा कार्यरत रहेको बेला इन्सपेक्टर रुद्र शाही लागू औषध कारोबारमा संलग्न रहेका पुष्टि भएपछि उनलाई ब्यूरोले पक्राउ गरेको थियो । हाल उनी पुर्पक्षका लागि जेलमा छन् ।

उनी पनि दुव्र्यसनबाट कारोबारमा लागेको खुलेको थियो । लकडाउनको समयमा उनले आफ्नै गाडीमा तराईबाट काठमाडौंमा लागु औषध ओसारपसार गर्दथे ।

‘इन्सपेक्टर र सइ नै गिरोहमा संलग्नता देखिन थालेपछि हाम्रो चुनौती बढेको छ,’ ब्यूरोका एक अधिकारी भन्नुहुन्छ ‘यसले लागु औषध कारोबारी शक्तिशाली हुँदै गएका छन् भन्ने दखाउँछ ।’

विगतमा पनि तल्लो तहका प्रहरीका लागु औषध ओासार पसारमा संलग्नता देखिएकोमा पछिल्लो समय अधिकृतहरुकै आबद्धता देखिन थालेको छ ।

नेपालवाचबाट

Next Post

(नेकपा) प्रचण्ड–नेपाल पक्ष प्रेस सगठन नेपाल बाँकेको ८ फागुनमा जिल्ला भेला

२०७७ फाल्गुन ४, मंगलवार १३:२६
संवाददाता, नेपालगंज । यहि फागुन ८ गते प्रेस संगठन नेपाल बाँकेको जिल्ला भेला बोलाईएको छ । सोमबार नेपालगन्जमा सम्पन्न प्रेस संगठन नेपाल जिल्ला कार्यसमितिको बैठकले जिल्ला भेला गर्ने निर्णय गरेको हो । बैठकले प्रेस संगठन नेपाल बाँकेका संयोजक डक्ट प्रसाद धितालको नेतृत्वमा जिल्ला भेला आयोजना तयारी समिति समेत गठन गरेको छ […]

सम्बन्धित समाचार