बाँके जिल्लाबाट आज थप १४ जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ आश्विन ६, मंगलवार ०६:३७

बाँके । बाँके जिल्लाबाट आज (मंगलबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका १४ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक हजार २६४ पुगेको छ ।

बाँकेमा हालसम्म एक हजार ६६२ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये १० जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ३९२ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ७६.०५ प्रतिशत, मृत्यु दर ०.६० प्रतिशत र रोगको प्रकोप दर ०.२८ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Next Post

१६ वर्ष उमेरकालाई बढी मानसिक समस्या

२०७७ आश्विन ६, मंगलवार ०६:३७
काठमाडौं । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक समस्यामा पर्ने गरेको देखिएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । तिमध्ये […]