विपन्न, जेष्ठ नागरिक र बालबालिकालाई आगोको व्यवस्था

  ।   २०८० पुष २२, आईतवार १५:३८

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालयले विपन्न, ज्येष्ठ नागरिक र बालबालिकालाई आगो ताप्ने व्यवस्था मिलाएको छ। शीतलहरको असर क्रमशः बढ्दै गएर उच्च ठन्डी जोखिम देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आगो ताप्ने व्यवस्था मिलाएको हो ।

विपद् व्यवस्थापन समिति बाँकेका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले दिनुभएको जानकारी अनुसार शीतलहर र चिसोबाट ज्येष्ठ नागरिक, बालबालिका, विपन्न वर्ग र न्यानो व्यवस्थापनमा पहुँच नपुगेका व्यक्ति र समूहलाई जोगाउन आगो ताप्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँले शीतलहरबाट प्रभावित हुनसक्ने जोखिमलाई ध्यानमा राखेर केही दिनअघि स्वीकृत गरिएको ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८०’ बमोजिम सो व्यवस्था गरिएको बताउनुभयो । सोही प्रकारले व्यवस्था मिलाउन जिल्लाका सबै सरोकारवाला निकाय र संस्थालाई लिखित अनुरोध गरिसकिएको प्रजिअ पोखरेलले बताउनुभयो । वन कार्यालय र सामुदायिक वनसँग समन्वय गरी सहुलियत दरमा दाउरा प्राप्त गरी सामूहिक आगो ताप्ने प्रबन्ध मिलाउनु हुन स्थानीय सरकारसहित सबैमा अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

समितिका अनुसार प्रजिअ पोखरेलको नेतृत्वमा नेपाली सेनाका गणपति रविन श्रेष्ठ, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा, सशस्त्र प्रहरी उपरीक्षक रमेशविक्रम शाहीसहितको टोलिले बालबालिका, ज्येष्ठ नागरिक, न्यानोमा कम पहुँच भएका समूहलाई लक्षित गरी सामूहिक आगो ताप्ने व्यवस्था मिलाइएको हो ।

नेपालगन्जस्थित निल सागर, मानव सेवा आश्रम, बढी भिडभाड हुने स्थान, चोकहरूमा सामूहिक आगो ताप्ने प्रबन्ध मिलाइएको समितिले जनाएको छ । मातहतका सुरक्षा निकाय सबैलाई स्थानीय सरकार, सामुदायिक वनसँग समन्वय गरी आगो ताप्ने व्यवस्था मिलाउन निर्देशन दिइसकिएको बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।  (गोरखापत्रबाट)

Next Post

माओवादीबाट को को परे राष्ट्रिय सभा सदस्यको उम्मेदवारीमा

२०८० पुष २२, आईतवार १५:३८
काठमाडौ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा  अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम […]

सम्बन्धित समाचार