भारतको उत्तर प्रदेशमा पहिचान नखुलेको ज्वरोका कारण ५० भन्दा धेरैको ज्यान गयो

  ।   २०७८ भाद्र १६, बुधबार १८:१४


एजेन्सी । भारतको उत्तर प्रदेशका केही जिल्लामा एक हप्ताभन्दा बढी समयदेखि फैलिएको पहिचान नखुलेको रोगका कारण ५० जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरै बालबालिका रहेका छन् ।

बालबालिकाहरूमा उच्च ज्वरो आउने, पसिनामा भिजेर बिउँझिने, जोर्नी दुख्ने, टाउको दुख्ने, शरीरमा पानी कम हुने र रिँगटा लाग्ने लक्षण देखिएको छ । केहीको भने हातखुट्टामा डाबर पनि आएको बीबीसीले जनाएको छ ।

सयौँ बालबालिका अस्पताल भर्ना भएका र उनीहरूमा कोरोना सङ्क्रमण भने नदेखिएको भारतीय सञ्चारमाध्ययमले जनाएको छ । भारतीय सञ्चारमाध्यमहरूले पहिचान नखुलेको ज्वरोले बालबालिकाको ज्यान लिइरहेको भन्दै यसले कैयौँ गाउँ आक्रान्त भएको बताएका छन् ।

लक्षण देखिएपछि अस्पताल पुर्‍याइएका बालबालिकाहरूको निकै छिटो ज्यान जाने गरेको फिरोजाबाद जिल्लाका वरिष्ठ डाक्टर नीता कुल श्रेष्ठले बताउनुभयो ।

बीस करोड जनसङ्ख्या भएको राज्यमा कमजोर फोहर व्यवस्थापन, धेरै बालबालिकामा कुपोषण र फितलो स्वास्थ्य सेवाका कारण बर्सेनि वर्षायामपछि पहिचान नखुलेको ज्वरोका बिरामीहरूको खबर आउने गरेका बीबीसीले जनाएको छ ।

Next Post

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको दर्ता खारेजको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट

२०७८ भाद्र १६, बुधबार १८:१४
काठमाण्डौ | माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्ता खारेजको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट अधिवक्ता सुमित्रा पाण्डेले दर्ता गराएको रिटमा पार्टीले कारबाही गरिसकेका १४ जना सांसद र नौ जना केन्द्रीय सदस्यले गरेको सनाखतलाई वैधता दिएर निर्वाचन आयोगले […]

सम्बन्धित समाचार