माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको दर्ता खारेजको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट

  ।   २०७८ भाद्र १६, बुधबार १८:१५

unn.prixa.net

काठमाण्डौ | माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्ता खारेजको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट अधिवक्ता सुमित्रा पाण्डेले दर्ता गराएको रिटमा पार्टीले कारबाही गरिसकेका १४ जना सांसद र नौ जना केन्द्रीय सदस्यले गरेको सनाखतलाई वैधता दिएर निर्वाचन आयोगले कानुन विपरीत क्रियाकलाप गरेको उल्लेख गरिएको छ ।

पार्टीले कारबाही गरेका सांसद र केन्द्रीय सदस्यको सनाखतका आधारमा दर्ता भएको नेकपा एकीकृत समाजवादी दललाई नै खारेज गर्न रिटमा माग गरिएको छ ।

गएको वैशाख २७ गते आफ्नै पार्टीका प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माधव नेपालसहित १४ सांसदलाई पार्टीले निष्कासन गरेकाले उनीहरूलाई तत्कालै बर्खास्त गर्न पनि रिटमा माग गरिएको छ ।

यस रिटकाे पेसी यही शुक्रवारका लागि ताेकिएकाे छ ।

Next Post

भोलिदेखि काठमाण्डौ उपत्यकामा फिल्म हल र दोहोरी साँझसमेत खोल्न पाइने

२०७८ भाद्र १६, बुधबार १८:१५
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा भोलि बिहीवारदेखि चलचित्र हल, दोहोरी साँझ (घर), डान्स बार लगायतका व्यवसाय पनि खुल्ने भएका छन् । काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले चलचित्र हल, दोहोरी घर, रेस्टुरेन्ट लगायतका व्यवसाय खोल्न दिने निर्णय गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । स्मार्ट […]

सम्बन्धित शीर्षक