संवाददाता ।
बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्बर ७ मा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिबेणी नगरपालिका ७ का संजिव अएडी रहनुभएको छ ।
घाइते भएका स्थानिय मध्ये २ जनाको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नाट्यस्वरी आधारभुत बिद्यालयमा रहेको मतदान केन्द्रमा सुरक्षाकर्मीले गोली चलाउदा अएडीको मृत्यु भएको जनाएको छ ।