चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ का सञ्चालक महाविर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन

  ।   २०७९ मंसिर ६, मंगलवार १२:१३

संवाददाता ।

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ का सञ्चालक महाविर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ ।

चितवनको माडीबाट काठमाडौं जाने क्रममा आज बिहान अन्दाजी साढे ५ बजेतिर विश्वकर्मा चढेको माइक्रोबस ट्रकमा ठोक्किदा उहाँको निधन भएको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ ।

दुर्घटना लगत्तै विश्वकर्मालाई मेडिकल कलेज चितवन पुर्याउन नपाउदैँ मृत्यु भएको चितवनका प्रहरी प्रमुखसमेत रहनुभएका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विश्वकर्मा चढेको बा ४ ख ४१२ नम्बरको माइक्रोबसले सडकमा रोकिएको ना ४ ख ८५२२ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । माइक्रोबसमा रहेका थप ५ जना घाइते रहेको प्रहरीले जनाएको छ ।

निधन हुनुभएका विश्वकर्मा केहि दिनदेखि आफ्नो स्थायी घर चितवनको माडीमा रहनुभएको थियो । सोमबार नै काठमाडौं आउने तयारी गरे पनि बुबा बिरामी भएका कारण एक दिन ढिलो गरेर आज काठमाडौंका लागि हिँड्नुभएका उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

विश्वकर्माले लामो समयदेखि चर्चित कार्यक्रम बहकिने मन सञ्चालन गर्दै आउनुभएको थियो । विश्वकर्मा आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उक्त पार्टीको भातृ संगठन जात व्यवस्था उन्मुलन मोर्चाको सचिव रहनुभएको थियो ।

नेपाल प्रेसबाट

Next Post

रबिन्द्र मिश्र द्धारा २५ लाखको ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापनाको घोषणा

२०७९ मंसिर ६, मंगलवार १२:१३
संवाददाता । देस्रो पटक पनि निर्वाचनमा पराजित भएपछि चर्चित पूर्व पत्रकार रविन्द्र मिश्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गरेको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा प्रेस विज्ञप्ति जारी गर्दै मिश्रले कोष बारे जानकारी गराउनुभएको हो । मिश्रले बिज्ञप्तीमा भन्नुभएको […]