अक्टोबर २३ मा ब्रजिलका प्रसिद्ध फुटबल खेलाडी पेलेले आफ्नो ८० औँ जन्मदिन मनाउँदै हुनुहुन्छ । उहाँले सन् १९७७ मै खेल जीवनबाट सन्न्यास लिनुभएको हो ।
तर पनि अझै उहाँ विश्वका सर्वाधिक परिचित व्यक्तिमध्ये पर्नुहुन्छ । पेले तीनवटा विश्वकप जितेका कारण सबैभन्दा राम्ररी चिनिनुहुन्छ ।
त्यस्तो अवसर पाउने उहाँबाहेक अर्को खेलाडी छैनन पनि । क्लब र देशका लागि खेलेका १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोल गर्ने उहाँको अर्को विश्व कीर्तिमान छ ।