अफगानिस्तानमा महिला खेलाडी असुरक्षित, फिफाद्धारा जीवन रक्षाको माग

  ।   २०७८ भाद्र ६, आईतवार ०७:३५

एजेन्सी । विश्व फुटबल महासंघ फिफाले अफ्गानिस्तानमा रहेका महिला खेलाडीहरुको जीवन रक्षा गर्न विश्व समुदायसँग अपिल गरेको छ ।

फिफाले विश्वका विभिन्न शक्तिशाली मुलुकहरुलाई पत्र लेख्दै अफ्गानिस्तानमा रहेका महिला फुटबल खेलाडीहरुलाई त्यहाँबाट बाहिर निकाल्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

व्यवसायीक खेलाडीहरुको संस्था फिफ्प्रोले पनि सहयोगका लागि अनुरोध गरेको छ । अफ्गानिस्तनमा तालिवान विद्रोहीले सत्ता हातमा लिएपछि त्यहाँ रहेका महिला खेलाडीहरुमाथि खतरा बढेको हो ।

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान खालिदा पोपालले खेलाडीहरुको जिवन रक्षाको लागि सार्वजनिक अपिल गरेकी छिन् ।

पूर्व प्रशिक्षक एवं अमेरिकी नागरिक हाले कार्टरले केही खेलाडीहरु अफ्गानिस्तानबाट उद्धारको याचना गर्दै आफुसँग सम्पर्कमा रहेको बताउनु भएको छ ।

तालिवानले महिलाहरुलाई कुनै प्रकारको शिक्षा र खेलकुदमा बन्देज लगाउने त्रासमा त्यहाँका अधिकांश महिला अहिले भयवित छन् ।

Next Post

तालिबानले काबुल कब्जा गरेको एक हप्ता, अवस्था अझै अन्योलग्रस्त

२०७८ भाद्र ६, आईतवार ०७:३५
काठमाण्डौ । तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको आज एक हप्ता पुगेको छ। एक हप्तामा विमानस्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । काबुल कब्जा गरेलगत्तै अफगानिस्तान छोड्नेहरुको सङ्ख्या बढ्दै गएको छ । अफगानिस्तानको अवस्था अझै अन्योलग्रस्त छ । अफगानिस्तानको काबुल विमानस्थल नजिकबाट आफूहरुले विदेशी नागरिकलाई अपहरण नगरेको […]

सम्बन्धित समाचार